‘बालुवाटारमा हुँदा करोडौँको भाँडाकुँडा किनेको छैन, बरु घरबाटै लगेँ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा बालुवाटारमा करोडौँको भाँडाकुँडा किन्यो भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको खण्डन गरेका छन् । उनले नयाँ नयाँ कथा हाल्ने नेताको रूपमा दाहाल रहेको उल्लेख गर्दै प्रधानमन्त्री हुँदा करोडौँको भाँडाकुँडा किनेको भन्ने कुरा सत्य नभएको बताए । बरु आफूले घरबाटै लगेको भाडामा खानेकुरा बनाएर खाएको […]

Continue Reading

‘मधेसी जनताको माया पाए मधेसमै आएर चुनाव लड्छु र प्रधानमन्त्री बनेपछि संविधान संशोधन गर्छु’ मलाइ भोट दिनुहोस : प्रचण्ड

जनकपुरधाम – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको साथ पाए मधेसमै आएर चुनाव लड्ने र प्रधानमन्त्री बनेर संविधान संशोधन गर्ने बताएका छन्। मधेसी जनताको पक्षमा सधैँ माओवादी रहेको भन्दै उनले आगामी निर्वाचनमा मधेसमै आएर चुनाव लड्ने बताएका छन्। सर्लाहीको मलंगवामा शनिबार आयोजित शिक्षक संगठनको एकता कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा गणतन्त्र माओवादीकै कारणले […]

Continue Reading

मेटमणि चौधरीको भविष्यवाणी : चुनावपछि एमाले र नोकिया मोबाइल उस्तै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मेटमणि चौधरीले आगामी चुनावपछि नेकपा एमालेको अवस्था नोकिया मोबाइल फोनजस्तो हुने भविष्यवाणी गरेका छन् । शनिबार शंखरापुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी चुनावपछि अहिले काम नलाग्ने भएको तर, कुनै समय ब्राण्ड बनाएको नोकिया फोनजस्तै एमालेको अवस्था हुने चौधरीले भविष्यवाणी गरे । कार्यक्रममा चौधरीले भने, ‘चुनावपछि […]

Continue Reading

भीम रावलले दिएको राजीनामा केही पनि होइन : ओली, सात प्रदेशमा सरकार गुमाइसक्दा पनि चेत नखुल्ने : भीम रावल

काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे कार्यन्वयन कार्यदलका संयोजक भीम रावलले दिएको राजीनामा केही पनि नभएको जवाफ दिएका छन् । शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट पार्टीको वडा कमिटीको अधिवेशन उद्घाटन गर्न पुगेका ओलीलाई सञ्चारकर्मीले रावलको राजीनामा बारे सोधेको प्रश्नमा केही पनि नभएको उनले बताए । उनले भने, ‘उहाँले […]

Continue Reading

एमसीसी जस्ताको तेस्तै पास हुन्छ, अर्ली इलेक्सनबारे सत्ता गठबन्धनमा छलफल गर्छु

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको तेस्तै पास हुने बताएका छन् ।बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि धनगढी पुगेका देउवाले शुक्रबार बिहान त्यहाँ भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । बैशाखमा अर्ली इलेक्सनको बहस चलिरहेको बेला प्रधानमन्त्री देउवाले त्यसबारे सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताएका छन् । कैलालीको धनगढीमा […]

Continue Reading

प्रधानमन्त्री देउवा भन्छन्- सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त छ, एमसीसी विशुद्ध नेपालको हितमा छ जसरि पनि पास गरौ

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका छन् ।गोरखापत्र दैनिकलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले भनेका वर्तमान सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारलाई ‘परमादेशबाट बनेको सरकार’ भनेर आलोचना गर्दै आएको छ । केपी शर्मा ओली […]

Continue Reading

‘माओवादी पार्टी कति वर्षमा सकिएला ? नाटक अलि लामै भयो’ माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन

नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालले माओवादी नै देश विकासको बाधक भएको बताउँदै पार्टीको बन्धनबाट देश मुक्त हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अलि लामै भयो त ।’ तत्कालीन माओवादी पार्टीबाटै प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकारसमेत बनेका खनालले […]

Continue Reading

यस कारण पर्यो राष्ट्रपतिको दशैं फोटो विवादमा,सामाजिक सञ्जालमा भयो चर्को आलोचना

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा विजया दशमीको साइतको टिका र जमरा आफनी आमाका हातबाट लगाएको फोटो राष्ट्रपति कार्यालयले सार्वजानिक गर्‍याे। टिकाको फोटो त प्रधानमन्त्री शेरबहादुर देउवा र अरु नेताहरुको पनि सार्वजानिक भएका छन् तर राष्ट्रपतिको फोटो भने विवादमा परेको छ। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नेपालका लागि चिनियाँ राजदूत होऊ […]

Continue Reading

दशैको दिन भयो दुखद घटना, विप्लव नेकपा नेता चन्दको निधन

२९ असोज, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र बिक्रम चन्द बिरजंग को निधन भएको छ । बिरजंग नेकपाका महासचिव नेत्र बिक्रम चन्दका सहोदर जेठा दाजु हुन् । लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका बिरजंगको भारतको दिल्ली स्थित म्याक्सीस अस्पतालमा शुक्रबार विहान निधन भएको नेकपा श्रोतले बताएको छ […]

Continue Reading

हामीले धेरै राम्रो काम गरेकै कारण सरकारबाट बाहिरिनु पर्यो , अन्य दलको दुकान बन्द हुने डरले गठबन्धन बनाएर घेराबन्दी गरियो

दाङ – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकै कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन्। दाङको भालुबाङमा बुधबार आयोजित पार्टी प्रवेश तथा दसैं मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नराम्रो काम गरेकाले नभई राम्रो काम गरेकाले सरकारबाट बाहिरिनु परेको बताए । ‘राम्रो काम गर्न थालेपछि अन्य राजनीतिक […]

Continue Reading