एमसीसी पास गर्न खोजिएको भन्दै भीम रावलको आक्रोश

समाचार

लेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न खोजिएको भन्दै एमाले नेता भीम रावलले आक्रोश पोखेका छन् । ट्वीटरमार्फत रावलले सरकार जनअनुमोदित नभएको जिकिर गर्दै राष्ट्रघाती सम्झौता अघि नबढाउन चेतावनी दिएका हुन् ।

सरकारले अस्थिर राजनीतिक वातावरणमा एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर एमसीसी अघि बढाउन षड्यन्त्र गरिरहेको रावलको आरोप छ ।

‘नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमसीसी सम्झौताको चाँजो मिलाइयो, फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुँदैछ’, रावलले आक्रोश पोखेका छन् ।
उनले अगाडि भनेका छन्, ‘सरकार जनअनुमोदित होइन।देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

यो पनि पढ्नुहोस
एमसीसीकी उपाध्यक्ष फातिमा अर्को साता नेपाल आउँदै
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आउन लागेकी हुन् ।

नेपाल भ्रमणमा रहँदा उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने स्रोतले बताएको छ । उनले एमसीसी हेडक्वाटरमा विशेष गरी गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्नेछिन्।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । राजनीतिक खिचातानिका कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *