आँधी र बाढीका कारण अमेरिकाको न्यूयोर्कमा ३ नेपालीको ज्यान गयो

समाचार

अमेरिकाको न्यूयोर्कमा आएको आँधी र भीषण बर्षापछिको बाढीका कारण तीन नेपालीको मृत्यु भएको छ ।

अमेरिकास्थित नेपाली अनलाइन इनेप्लिजले ३ नेपालीको मृत्यु भएको ‘नाईटेड शेर्पा एसोसिएसन न्यूयोर्क’ लाई उदेत गर्दै समाचार लेखेको छ ।
मृत्यु हुनेमा सोलुखुम्बुको दुधकुण्ड नेपाल घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् । न्युयोर्कमा आएको मुसलधारे वर्षा र बाढीमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

अमेरिकामा हाल सम्म ६ वटा राज्यमा वर्षा ,बाढी र आँधीको प्रभाव देखिएको छ ।

यो पनि पढ्नुहोस

पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ३ बेपत्ता
पर्वतका विभिन्न ठाउँमा पहिराले पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना पुरिएर बेपत्ता भएका छन् ।

बिहीवार रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा ५ जना पुरिएकामा २ मृतावस्थामा फेला परेका छन् ।पहिरोमा पुरिएका एकैघरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका ३ बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

कुश्मा नगरपालिका–११ पकुवामा पहिरोमा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

मोदी गाउँपालिका–५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीया ठुलीमाया थापाको मृत्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *