साथीको हत्या गर्ने ढकाललाई जन्म कैद

समाचार

काठमाडौं । नेपाली सेनाका जवान भरत गुरुङको हत्या गरेको आरोपमा सैनिक गंगाधर ढकाललाई सैनिक अदालतले जन्म कैदको फैसला सुनाएको छ ।

जंगी अड्डाले जारी गरेको प्रेस विज्ञप्तिमा जिल्ला अदालत चितवनको आदेशानुसार तथा सेनाबाट गरिएको कोर्ट अफ इन्क्वायरीको प्रतिवेदनको आधारमा ढकाललाई दोषी ठहर गरिएको हो । सेनाको महेन्द्र दल गणमा कार्यरत सैनिक जवान ढकाललाई अदालतले २५ वर्ष कैद सजाय सुनाएको हो ।

सोही गणमा भदौ ९ गते सैनिक अदालतले सिपाही ढकाललाई हत्या सम्बन्धि कसुरमा दोषी ठहर गरी जन्म कैद (२५ वर्ष) र भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने फैसला सुनाएको हो ।

महेन्द्र दल गणमै कार्यरत सहकर्मी गुरुङको हत्याको आशंकामा ढकाललाई प्रहरीले ७ साउनमा चितवनको टाँडीबाट पक्राउ गरेको थियो ।

०७५ को पुसमा सेनाको कालीबहादुर गणबाट बन्दुक चोरी भएको थियो । ढकालले चितवनको कालीबहादुर गणमा १००७९२ नम्बरको सर्ट मसिन गन (एसएमजी) चोरी गरेका थिए । सोही गनको प्रयोग गरी आफ्नै सहकर्मी गुरुङको हत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *