गोलकिपर किरणको कीर्तिमान

खेलकुद

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेमजोङले नेपाली राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमानीसँग बराबरी गरेका छन् । बिहीबार भारतविरुद्धकाे मैत्रीपूर्ण खेल खेलेसँगै उनले पूर्व कप्तान विराज महर्जनसँग ७३ खेलको कीर्तिमानीसँग बराबरी गरेका हुन् ।

यससँगै किरण र विराज नेपाली राष्टिय टोलीबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् ।

किरणले कम्बोडियामा सम्पन्न २००८ को एएफसी च्यालेन्ज कप छनोट प्रतियोगितामा मकाउविरुद्ध नेपालबाट डेब्यू गरेका थिए । तर, २४ मेको त्यो डेब्यू किरणका लागि खेल सम्झनलायक भने रहेन । उनी चिउडोमा चोट लागेपछि २४औँ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । त्यसयता उनले नेपालबाट ७२ खेल खेलिसकेका छन् । तथापी उक्त खेलमा नेपालले मकाउलाई ३–२ ले हराएको थियो ।

पछिल्लो समय भारतको पञ्जाब एफसीबाट खेलिरहेका किरणले क्लब फुटबलमा मछिन्द्र, थ्री स्टार, मनाङ मर्याङदी, माल्दिभ्सको टिसी स्पोर्टस् क्लबबाट खेलेका थिए । उनले पछिल्लो समय नेपाल सुपर लिगमा धनगढी एफसीबाट खेलेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *