माछा मार्ने माझी एकैदिनमा यसरी बने करोडपति !

Uncategorized

मनसुन सक्रिय रहेका कारण भारतको महाराष्ट्रमा लामो समयसम्म माछा मार्न प्रतिबन्ध थियो । तर जब प्रतिबन्ध खुल्यो त्यससँगै माझीको भाग्य चम्कियो ।

पालघरका माझी चन्द्रकान्त ८ सहयोगीसहित २८ अगस्तका दिन माछा मार्न गए । त्यसक्रममा उनले ‘समुद्री सुन’ मानिने १५७ घोल माछा फेला पारे ।त्यो माछाको प्रत्येक भागको मूल्य अत्यधिक छ । त्यो माछाको प्रयोग फर्मास्यूटिकल उद्योगमा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उच्च मूल्य भएको माछा फेला पारेपछि चन्द्रकान्त एकैदिनमा करोडपति बनेका छन् ।

हङकङ, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया, सिंगापुर, जापानमा त्यो माछाको माग अत्यधिक रहेको जनाइएको छ । माछालाई औषधीय प्रयोजनमा प्रयोग गरिने जनाइएको छ ।

त्यो माछालाई उत्तर प्रदेश र बिहारका व्यापारीले किनेका छन् । जसबाट ती माझीले १ करोड ३३ लाख भारतीय रुपैयाँ कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *