रहस्यमयी ज्वरोले ५० बालबालिकाको मृत्यु, डरले गाउँघर छाडेर जान थाले स्थानीय

समाचार

कोरोना भाइरस संक्रमणको महामारी अन्त्य नहुँदै अर्काे रहस्यमयी रोग फैलिएपछि भारतको मथुरामा त्रास फैलिएको छ । सयौं बालबालिकामा ज्वरो आउने र केहीको मृत्यु हुन थालेपछि मथुराको फिरोजाबादका स्थानीय डरले गाउँघर छाड्न थालेका छन् ।

मथुरामा पछिल्ला १५ दिनमा ११ बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १५ दिनमा ११ बालबालिकासहित १३ जनाको मृत्यु भएपनि हालसम्म ५० बढी बालबालिकाको मृत्यु भइसकेको छ ।

महामारी फैलिन थालेपछि स्थानीयहरू घरमा ताला लगाएर गाउँ छाड्न थालेका छन् । स्थानीय प्रशासन र स्वास्थ्य विभागले गाउँलेको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

गाउँमा डेंगु र मलेरियासहित अन्य बिमारीका लक्षण देखिएपनि ज्वरो यकिन हुन सकेको छैन । ज्वरो महामारीको रूपमा फैलिन थालेको छ ।

फिरोजाबादसहित रहस्यमयी ज्वरो आगरा, कानपुर, मथुरा, मैनपुरी, एटा, कासगञ्जमा फैलिएको छ । पूर्वी उत्तर प्रदेशको गोंडा, बस्ती, देवरिया, बलिया, आजमगढ, सुल्तानपुर र गाजीपुरमा समेत ज्वरोका बिरामी भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *