रुदाँ रुदाँ बेहुलीको मृत्यु, खालि हात फर्किए जन्ती

रोचक

एजेन्सी, भदौ १७ । घटना भारतको ओडिसा राज्यको हो । ओडिसाको सोनपुरमा भएको घटना अनुसार माइती घर छाड्ने बेला बेहुली धेरै रुदाँ बेहुलीको मृत्यु भएको छ ।

स्थानिय मुरली साहुको घरमा आएको जन्तीलाई बिदाई गर्ने क्रममा रुवाबासी हुँदा बेहुली बेहोस भएकी थिइन्। धेरै रुदाँ रुदाँ बेहुली बेहोस भएर भुईमा लडिन्। त्यसपछि उनलाई स्वास्थ्य चौकी लगियो तर उनी बाच्न सकिनन्। उनको हृदयघात भएको ज्यान गएको डाक्टरले बताएका छन्।

घटनापछि गाउँमा शोकको वातावरण बनेको छ। रिपोर्टअनुसार बिहीबार राती स्वर्गीय मुरलधिर साकी छोरी रोजी साको बिसिकेसन प्रधानसँग विवाह भएको थियो।

रिपोर्टर्स नेपाल
यो पनि पढ्नुहोस

पतिले टुप्पी काट्न नमानेको भन्दै सम्बन्धविच्छेद
एजेन्सी, भदौ १७ । भारतमा एक महिलाले आफ्ना पतिले टुप्पी पालेको भन्दै सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन्। उनले टुप्पी पाल्ने आफ्ना पति गँवार देखिएको भन्दै यस्तो आवेदन दिएकी हुन्। टुप्पी पालेका ती व्यक्ति इन्जिनियर हुन् भने टुप्पीका कारण अलग्गिन खोज्ने पत्नी एमबिए पास युवती हुन्।

यी दुईको विवाह तीन वर्ष पहिले भएको थियो। दुई वर्षअगाडि ती युवाको आमा र बुबाको मृत्यु भएको थियो। सडक दुर्घटनामा परि आमाबुबाको मृत्यु भएपछि ती व्यक्तिले टुप्पी पाल्ने संकल्प लिएका थिए। तर, टुप्पी पालेपछि आफ्ना श्रीमानलाई सबैले पन्डितजी भन्न थालेको र त्यही कारणले आफू लज्जित हुन परेको ती युवतीले बताएकी छिन्।

अब सम्बन्धविच्छेदका लागि आवेदन दिएपछि त युवाले पनि आफूले टुप्पी काट्दै नकाट्ने बताएका छन्। यही कारण पत्नी ६ महिनादेखि माइती गएको पनि ती युवाले बताएका छन्। आफूले धार्मिक मान्यताअनुसार टुप्पी पालेकाले यसबारे कुनै पनि विकल्प वा सर्त आफूलाई मान्य नहुने ती युवाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *