३३ प्रतिशत बढाएर सामाजिक सुरक्षा भत्ता लागू गर्ने मन्त्रिपरिषद्को निर्णय, कति पुग्यो ?

समाचार

काठमाडौं । सरकारले ३३ प्रतिशत बढाएर सामाजिक सुरक्षा भत्ता लागू गर्ने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको सामाजिक सुरक्षा भत्ता लागू गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आर्थिक वर्ष २०७८/७९ को वजेट वक्तव्यमार्फत् ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ता मासिक भत्ता कामय गर्ने निर्णय भएको छ ।’

यो पनि पढ्नुहोस
सरकारद्वारा धितोपत्र बोर्डका अध्यक्षमाथि छानविन गर्न आयोग गठन

काठमाडौँ । धितोपत्र बोर्डका अध्यक्ष शिशिरकुमार ढुङ्गानाको विषयमा छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सेयर खरिदका विषयमा विवादित बनेका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि छानविन गर्न सरकारले जाँचबुझ समिति गठन गरेको हो ।

बोर्डका अध्यक्षका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरिएको छ ।

जसमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र अर्का सदस्य नेपाल कानुन आयोगका सहसचिव अर्जुनककुमार खड्का रहेका छन् ।

बोर्डमा अध्यक्ष भइसकेपछि सर्वोत्तम सिमेन्टको संस्थापक सेयर छोरीका नाममा खरिद गरेको आरोप ढुंगानामाथि लागेको छ।

अध्ययन समितिले ढुङ्गानाको छोरीको नाममामात्रै नभएर भाइ र बुहारीको नाममा पनि सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको देखिएको भन्दै ढुङ्गानासँग स्पष्टिकरणसमेत सोधेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *