घर ज’ल्दा श्रीमान श्रीमतीको मृ’त्यु

समाचार

१५ भदौ, लम्जुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आ’गला’गी हुँदा एक दम्पतीको मृ’त्यु भएको छ ।घरमा आ’गला’गी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गएराति मृ’त्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए ।

बढी माद’क पदार्थ से’वन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै दुवै जना सु’धार केन्द्रमा बसेर घर आएका थिए । पेशाले धर्मराज पूर्वगोरखा सैनिक रहेको र छोराछोरी कोही नभएको स्थानीयको भनाइ छ ।

ग्यास लि’क भएर आ’गला’गी भएको हुनसक्ने अनुमान गरिएको छ । ढुंगामाटोको गा’ह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर सबै ज’लेर न’ष्ट भएको छ । घरभित्र रहेका केही पनि सामान नकाल्न नभ्याएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *