अर्घाखाँचीमा पहिरोले पुरिएर ९ वर्षीया बालिकाको मृत्यु, तीनजना घाइते

समाचार

सन्धिखर्क: अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

वार्ड नम्बर ७ अडगुरी झन्द्रेकको भेडावारी बस्ने जीवलाल सुनारको घर पहिरोले पुरिँदा ९ वर्षीया छोरी झरना सुनारको पहिरोले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बर बहादुर थापाले बताए ।

मंगलबार साँझ करिब साढे ५ बजेतिर घरमाथिबाट आएको पहिरोले एकतले कच्ची घर पुरिएको हो । पहिराले मृतक बालिकाका दाजु र छिमेकीका दुई जना गरी तीन जना घाइते भएका छन् । घाइते तीन जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।

घटनाको छानविन गर्न र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुरक्षा अधिकारी लगायतको टोली घटनास्थलमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *