सिजी नेट : तीजको अफर आयो बरी लै, ग्राहकहरूले केके सुविधा पाउने ?

Uncategorized

काठमाडौँ / सिजि नेटले हिन्दु महिलाहरूको महान पर्व तीजको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।

कम्पनीले हालै मात्र नेपाली बजारमा भित्रिएको अहिलेसम्म कै सबै भन्दा छिटो सबैभन्दा सस्तो इन्टरनेट सेवा प्रदान गर्ने दावी गरिएको कम्पनीले तीजका महिलाहरूलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको हो ।

उक्त अफर भाद्र १६ देखि भाद्र ३० सम्म चल्ने छ । विशेषगरी महिला ग्राहकहरूको लागि मात्र लक्षित गरी ल्याइएको अफरमा ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सब्सक्राइब गर्नुपर्ने हुन्छ ।
सब्सक्राइब गरिएको एबिल महिलाको नाममा हुनु पर्ने कम्पनीले जनाएको छ ।

उक्त अफर सब्सक्राइब गरे वापत लक्की ड्रबाट दैनिक रूपमा २ वटा घरायासी सामाग्री पुरस्कार प्राप्त गर्न सक्ने छन् ।
अफरको अन्तिम दिन एक जनालाई बम्पर लक्की ड्रका साथै साथै ९ जनालाई थप पुरस्कार प्रदान गरिनेछ । उक्त अफर सिजि नेटको कभरेज भएको स्थानहरूमा मात्र उपलब्ध हुनेछ ।

सिजि नेटले आफ्नो विस्तार जावलाखेल, कुपण्डोल, कुलेश्वर, कालीमाटी, सतुंगल, बल्खु, छाउनी, कलंकीमा गरी सकेको छ । अब थप स्थानहरू पनि चाँडै नै विस्तार गर्ने कम्पनीले जनाएको छ । चौधरी ग्रुप अन्तर्गत सिजि कम्युनिकेसन्स लिमिटेडले सिजि नेटको सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *