धन कमाउन बिदेसिएका थिए अक्सिजन समयमै नपाउदा मलेशियामा कार्यरत बझाङका अमरको मृ’त्यु.

समाचार

मलेशियामा बैदेशिक रोजगारीमा रहेका बझाङ केदारस्यु गाउपालिका ५ का अमर गुर्धामीको मलेशियामा कोरोना संक्रमित भएर बेलैमा अक्सिजन सहितको उपचार ढिला हुँदा मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । अमर सात वर्षदेखि मलेशियामा कार्यरत रहेका थिए ।

अचानक उनी बिरामी परेका अमरले सामान्य ठानेर ड्युटी गरेको तर पछि संक्रमण पुष्टी भएपछि पनि अस्पताल लान तीन दिन ढिला गरिएको र उपचार ढिलो पाँउदा ज्यान गएको आफन्तले बताए ।

अक्सिजनको अभावमा छ’ट्पटा’उदै गएका अमरलाई काम गर्ने कम्पनी सम्म पुर्याएपनि एम्बुलेन्स आउन ढिला भएका कारण ज्यान गएको उनका आफन्ती समीर बोहराले जानकारी दिए । अहिले अमरको शबलाई नेपाल पठाउन समस्या भएकाले मलेशियामै हिन्दु संस्कार अनुसार अन्त्यष्टी गरिएको छ

यो पनि पढ्नुहोस
कोरोना भाइरसको उत्पत्तिबारे नेपालले निष्पक्ष अडान लिएको भन्दै चीनले दियो धन्यवाद

१४ भदौ, काठमाडौं । कोरोना भाइरसको उत्पत्तिबारे नेपालले वस्तुगत र निष्पक्ष अडान लिएको भन्दै चीनले प्रशंसा गरेको छ । साथै चीनले कोरोना भाइरस उत्पत्तीको विषयलाई राजनीतिकरण गर्न भएका प्रयासलाई चिर्न मिलेर काम गर्न चाहेको उल्लेख गरेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसको उत्पत्तिको बारेमा नेपालले चीनलाई महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् ।यसअघि अमेरिकाको गुप्तचर संस्थाले सार्वजनिक गरेको प्रतिवेदनले चीनले निरन्तर कोरोना उत्पत्तिको विषयमा अनुसन्धानमा अवरोध पुर्याएको र अन्य मुलुकलाई डेटा दिन अस्वीकार गरेको देखाएको थियो । चिनियाँ दूतावासका प्रवक्ताले भने यो प्रतिवेदन राजनीतिक प्रयोजनका लागि सार्वजनिक गरिएको बताएका छन् । उनले भाइरस उत्पत्तिबारेको राजनीतिकरण गर्ने प्रयासलाई कसैको समर्थन नभएको समेत उनले उल्लेख गरेका छन् ।

अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदनमा वैज्ञानिक आधार नरहेको र यो प्रतिवेदन विश्वसनीय पनि नरहेको चिनियाँ दूतावासका प्रवक्ताले बताएका छन् । त्यसैले यो विषय गुप्तचरको प्रतिवेदनमा नभई वैज्ञानिक अनुसन्धानमा भर पर्ने उनको भनाइ छ ।

केही समय अगाडि ८० भन्दा बढी मुलुकले भाइरसको उत्पत्तिसम्बन्धी विषयलाई राजनीतिकरण गर्ने प्रयासको विरोध गर्दै विश्व स्वास्थ्य संगठनलाई पत्र पठाएको समेत उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाल सहित ८० भन्दा बढी मुलुकले संगठनका महानिर्देशकलाई पत्र पठाएका छन्, कूटनीतिक नोट पठाएका छन् र उनीहरुले राजनीतिकरण गर्ने प्रयासको विरोध गर्दै चीन र विश्व स्वास्थ्य संगठनको प्रतिवेदनलाई सम्मान गर्नुपर्ने बताएका छन् ।’

त्यसैगरी बिभिन्न देशका ३०० भन्दा बढी राजनीतिक दलले सो सोही आशयको पत्र संगठनलाई पठाएका थिए । चिनियाँ दूतावासका प्रवक्ताले कोरोना भाइरस उत्पत्तीको विषयलाई राजनीतिकरण गर्न भएका प्रयासलाई चिर्न मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन् ।

कोरोना शुरु भएदेखि नै एकले अर्कोलाई समर्थन गरेको उल्लेख गर्दै दूतावासका प्रवक्ताले दुई मुलुकले भाइरसविरुद्ध कसरी सहकार्य गर्नुपर्छ भनी उदाहरण देखाएको उल्लेख गरेका छन् ।

प्रवक्ताले अहिलेसम्म अनुदान र व्यापारिक रुपमा नेपाललाई ७४ लाख डोज कोरोना खोप उपलब्ध गराएको र चीन नेपाललाई खोप प्रदान गर्ने सबैभन्दा ठूलो मुलुक भएको उल्लेख गरेका छन् ।

चीनले नेपालसँगको कोरोना महामारीविरुद्ध सहकार्यलाई अझ सुदृढ बनाउने बताउँदै आगामी दिन आफ्नो क्षमताभित्र रहेर थप खोप उपलब्ध गराउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *