घरमा पहिरो खस्दा श्रीमानको निधन, श्रीमती बेपत्ता

समाचार

काठमाडौ । कैलालीमा घरमाथि पहिरोवाट पहिरो खस्दा श्रीमानको निधन भएको छ भने श्रीमती हराएकी छन् । कैलालीको दुहुँ गाउँपालिका(१ बस्पालीका नरसिंह महराको निधन भएको छ भने उनकी श्रीमती बेपत्ता भएकी छन् ।

प्रहरीले महराकी श्रीमती कौशीदेवि महरा बेपत्ता भएकाीछन् । घरमा श्रीमान(श्रीमती मात्रै बसेको अवस्थामा घर पहिरोले पुरिएको स्थानियले जनाएका छन् ।

घटनास्थलमा पुगेको प्रहरीले स्थानियको सहयोगमा महरा दम्पत्ती खोजी गरेको थियो । प्रहरीले श्रीमानको शव फेला पारेको थियो भने श्रीमती अझै फेला परेकी छैन ।

यस्तै पहिरोले घर पुरिदाँ दुहुँ गाउँपालिका ५ दुल्ला बस्ने मनुवा डडाल बेपत्ता भएका छन् भने उनका श्रीमती उजली डडाल र छिमेकी जनक राम पार्की घाइते भएको स्थानीय लोकेन्द्र बमले जानकारी दिए ।

यो पनि पढ्नुहोस

अर्जुनधाराको सडक किनारमा महिलाको शव फेला
झापा : अर्जुनधारा नगरपालिकामा एक महिलाको शव सडक किनारमा बिहान फेला परेको छ। सोमबार बिहान ८ बजे अर्जुनधारा–६ बिहानी टोलमा विद्युत् पोल नजिकै शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले शव अर्जुनधारा-१० खुदुनाबारी घर भई बिहानी टोलमा डेरा गरी बस्दै आएकी ४५ वर्षीया साबित्रा खड्का विश्वकर्माको जानकारी दिए।

विद्युत्‌को ट्रान्सफर्मर जडित पोलमुनि शव फेला परेको थियो। महिलाको काँधको भागमा ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले छोएको र काँधको भाग डढेको डिएसपी थापाले बताए। अर्थिङ तारमा करेन्ट प्रवाह भएको वा नभएको विषयमा नजिकै रहेको विद्युतीय कर्मचारी बोलाएर परीक्षण गर्दा तारमा करेन्ट प्रवाह जानकारी दिएको उनले बताए।

महिलाको करेन्ट लागेर वा अन्य कुनै कारणले मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ। शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाएको जनाइएको छ।

शनिवार साँझ श्रीमानसँग सामान्य घर झगडा भएपछि सावित्रा घरबाट निस्किएकी थिइन्। सामान्य घर झगडापछि सावित्रा बाहिर निस्किएको उनका श्रीमान् नारायण विश्वकर्माले बताए। घरबाट निस्केपछि आफूले खोजी गर्दा पनि उनी फेला नपरेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *