भगवान् श्रीकृष्णका प्रिय भोजनहरू : किन चढाइन्छ ५६ भोग ? जानिराख्नुहोस

रोचक

हिन्दू धर्मालम्बीका लागि कृष्णको ठूलो महिमा रहन्छ । त्यसमा पनि नेपाल र भारतमा यसको विशेष महत्त्व छ ।आज श्रीकृष्ण जन्माष्टमी, श्रीकृष्ण जन्माष्टमीका

दिन विश्वभर रहेको सम्पूर्ण हिन्दू मन्दिरमा कृष्ण भक्तको भीड हुने गर्छ । भगवान् कृष्णलाई चञ्चले स्वभाव भएको उत्साह र खुशी हुने भगवान्को रुपमा पूजा अर्चना गर्ने गरिएको छ ।

हिन्दू धर्म शास्त्रका अनुसार कृष्ण भगवान् विष्णुका १० मुख्य अवतारहरूमध्येका एक अवतार मानिन्छन् ।भगवान् श्रीकृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई जन्मिएकै

घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छाडेका थिए । त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाले उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ ।

भगवान् कृष्णले सानो हुँदा ठेकीमा भएको दही चोरेर खाएको प्रसङ्ग पनि एकदमै रमाइलो छ । तर उनलाई मन पर्ने अन्य खानाहरू पनि प्रशस्त छन् । कृष्णलाई अत्यन्त मन पर्ने भोजनमा मख्खन र मिस्रीको भोग रहेको छ ।

उनले गाउँगाउँमा डुलेर माटोका भाँडामा जमाएर राखेको मख्खन खुब चोरेर खाने गर्थे र साथीहरूलाई पनि खुवाउँथे । त्यसैकारण पनि भगवान् श्रीकृष्णलाई मख्खन चोर नामले पनि चिनिन्छ ।

दही बनाउन जमाएको दूधको तर जसलाई मख्खन भनिन्छ । मिस्री कुटेर मख्खनमा हाल्दिने र विभिन्न ‘ड्राइ फ्रुटहरू घ्यूमा भुटेर बनाएको पञ्चमेवा मिसाएपछि बन्ने मिठाइ साह्रै मिठो र स्वादिष्ट मानिन्छ ।

खिर पनि कृष्ण भगवान्लाई अत्यन्त मन पर्ने भोजनमा पर्छ । निल कमलको दाना अर्थात् मखनाको खिरमा मिस्री, काजु, किसमिस, नरिवल, पिस्ता, केसर हालेर बनाएको हुन्छ ।

शुद्ध दूधबाट बनाएको पेडा पनि भगवान् श्रीकृष्णको अर्को प्रिय भोजन हो । शुद्ध गाईको दूध, दही, मह, सख्खर, घ्यु हालेर बनाइएको पञ्चामृत पनि भगवान् श्रीकृष्णका प्रिय भोजनमा पर्छन् ।

भगवान ईन्द्र रिसाएर ७ दिनसम्म निरन्तर मुसलधारे पानी गराइदिँदा कृष्णले आफ्नो कान्छी औंलाले गोबद्र्धन पर्वतलाई उठाएर गोकुलवासीलाई बचाएको

हुनाले गोकुलवासीले उनलाई ५६ भोग प्रसाद (भोजन) एकै दिन खुवाएका थिए । उनले १ दिनमा ८ पटक भोजन गर्ने र ७ दिनसम्मको भोजन जोड्दा ५६ व्यञ्जन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *