बाबुरामले चौथाइवालेबारे भनेः सामान्य जुनियर पोलिटिसियन

राजनीति

काठमाडौं, १३ भदौ । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई सामान्य जुनियर पोलिटिसियन भनेका छन् । उनले चौंथाइवाले जस्ता नेताहरु नेपालमा आइरहने भएकाले भेट्नैपर्ने भन्ने नहुने समेत बताए ।

‘सामान्य जुनियर पोलिटिसियन हो, इन्डियामा चिनिएको मान्छे होइन,’चौथाइवालेबारे नेपाल प्रेससँग भिडियो अन्तवार्तामा भट्टराईले भने। भेट गरेको र नगरेको चर्चा गर्नु नै बेक्कार भएको टिप्पणी गरे । कसैले नभेट्दा हिनताबोध राख्न नहुने बताए ।

भारतको जनसंख्या एक अर्ब ३० करोड भएको उल्लेख गर्दै तीर्थ ब्रत गर्न आउनेहरु हुने बताए । आफूले राहुल गान्धीलाई भेटेको भन्ने चर्चा झुटो भएको बताए । बरु भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेको बताए । उनले भने, ‘मोदीजीलाई भेटेको छु ।’

यो पनि पढ्नुहोस
देउवालाई सभापति जिताउन गठबन्धनका नेताको साथ

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा विजयी बनाउन सत्ता गठबन्धनका नेताहरुले भित्री रुपमा साथ दिने भएका छन् । देउवालाई चुनाव जित्ने वातावरण निर्माणका लागि उनीहरुले सहयोग गर्ने भएका हुन् ।सरकार सञ्चालनमा देउवालाई अनुकूल हुने गरी लचिलो हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तयार भएका छन् । उनीहरुले मन्त्रालय बाँडफाँडमा पनि लचकता अपनाउने भएका हुन् ।

देउवाले काँग्रेसभित्र आन्तरिक व्यवस्थापन मन्त्रालय बाँडफाँडमा समेत गर्ने रणनीति बनाएका छन् । महत्वपूर्ण मन्त्रालयहरु देउवाले नै लिने गरी प्रचण्ड र नेपाल सहमत भएका छन् । जमध्ये गृह मन्त्रालय काँग्रेस नेता बालकृष्ण खाँडले पाइसकेका छन् । सञ्चार मन्त्रालयमा पनि देउवानिकटस्थले नै लिने बुझिएको छ । अन्य महत्वपूर्ण मन्त्रालय पनि काँग्रेसको भागमा पर्नेछ ।

यसैगरी, कतिपय राजनीतिक नियुक्तिमा पनि प्रचण्ड र माधव नेपालले लचकता अपनाउने भएका छन् । सरकार सञ्चालन गर्दा देउवालाई अप्ठ्यारो पर्ने कुनै गतिविधि नगरी सफल बनाउन नेताहरु तयार देखिएका छन् ।

गठबन्धनका नेताहरुले देउवालाई महाधिवेशनमा जिताउने गरी माहोल बनाउन साथ दिने भएका हुन् । देउवाको सत्तारोहणले उनलाई यसै पनि शक्तिशाली बनाएको थियो । त्यसमाथि सत्ता सञ्चालनमा पनि सहयोगी बन्न थालेपछि देउवा महाधिवेशनमा सहज रुपमा जित्ने गरी हौसिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *