विवादित एमसिसीको पक्षमा राष्ट्रिय सञ्चार माध्यमबाट विज्ञापन हुनलाग्यो MCC आउने नै भयो त ?

राजनीति समाचार

काठमाडौँ – राजनीतिक रुपमा विवादित बनेको अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)कोे पक्षमा राष्ट्रिय स्तरका सञ्चार माध्यमबाट विज्ञापन बज्न थालेको छ।

नेपालस्थित एमसिसी परियोजना कार्यान्वयन गर्ने कार्यालयले टेलिभिजनमार्फत विज्ञापन दिन सुरु गरेको हो।

‘एमसिसी आफ्नै देशको फाइदाका लागि आएको हो, एमसिसी परियोजनाले विद्युत् उत्पादन गरिदिएपछि विदेशमा पनि निर्यात गर्न सकिने र देशको आर्थिक संवृद्धि हासिल गर्न सकिने’भन्ने भिडियो संवादमा उल्लेख छ।

एपी वान टेलिभिजनमा प्रसारित विज्ञापनमा ‘एमसिसीको लगानीलाई देशको भविष्यका लागि गरिने लगानी’ भएको उल्लेख गरिएको छ।

गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन। परियोजनाले अमेरिकी हस्तक्षेप यसको विपक्षमा अहिले गाउँगाउँसम्म विरोध छ।

अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ।

यो पनि पढ्नुहोस
५० अंक घट्यो नेप्से
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार करिब ५० अंक घटेको छ । यसँगै समग्र नेप्से परिसूचक ३ हजार ४४.८६ बिन्दुमा ओर्लेको छ ।अघिल्लो दिनको तुलनामा यो करिब १.५९ प्रतिशत कम हो । यो दिन वित्त कम्पनीबाहेक कारोबारमा रहेका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको थियो ।

कारोबार सुरु हुँदा आइतबार नेप्से ३ हजार १ सय ५.७५ अंकमा थियो । त्यसपछि केही बढेर ३ हजार १ सय १६.४८ अंकमा पुगेको थियो । त्यो वृद्धि टिकेन । अन्त्यमा ४९.१८ अंकले नेप्से ऋणात्मक भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *