आज राति पहिरोमा परी एउटै गाउँमा १२ जनाको मृत्यु

समाचार

आज राति पहिरोमा परी एउटै गाउँमा १२ जनाको मृत्यु

पहिरोमा परी बिहीबार रातिदेखि बेपत्ता तीन जनाको शव फेला परेको छ ।

नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको हुप्सेकोट गाउँपालिका–४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण

शुक्रबार बिहान २ बजेको समयमा पहिरामा परी बेपत्ता तीनै जनाको शव शनिबार फेला परेको हो ।

शुक्रबार दिनभरि सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दा समेत पहिरामा परेका फेला नपरेपछि शनिबार ५० जना थप

सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिरोमा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए ।हुप्सेकोट–४ माथिल्लो

चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनी सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया

देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासी आएको पहिरामा परी बेपत्ता भएका थिए ।

उनीहरुको उद्धारमा नेपाल प्रहरी र स्थानीय खटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *