माधव नेपाललाई योगेशको जवाफ- आफैंसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाए हुन्छ

Uncategorized

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिएका छन् ।नेपालले शनिवार एक कार्यक्रममा पार्टी विभाजनमा साथ नदिएका दोस्रो पुस्ताका नेताहरुलाई एमाले छाडेर आए अध्यक्ष बनाउन तयार रहेको बताएका थिए ।

नेता भट्टराईले नेपालको नाम र प्रसंग नलिई ट्वीटरमा भनेका छन्, ‘राम्रो कुरा हो,स्वागत गर्दछु । आफैंसँग भएकालाई बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’नेपालले आफूलाई दोस्रो पुस्ताले धकेलेर पठाएको भन्दै पछाडि फर्केर हेर्दा कोही पनि नरहेको बताएका थिए । नेपालले दोस्रो पुस्ताले नै पार्टी विभाजनमा आफूलाई दबाब दिएको समेत बताएका छन् ।

उनले भनेका छन्, ‘आउनुस् केपी ओलीलाई छाडेर । म अध्यक्ष त अहिल्यै छाड्न तयार छु, पाँच वर्षपछि राजनीति पनि छाड्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *