नेपालमा जन्मिएर हलिउडमा जमेका चार कलाकारहरू

मनोरंजन

अभिनय कर्ममा रहेका अधिकांशले हलिउडमा पुग्ने सपना साँचेका हुन्छन् । सम्भवतः आजसम्म कोही पनि नेपाली कलाकारले हलिउड चलचित्रमा मौका पाएका छैनन् ।

तर, नेपालसित सम्बन्ध जोडिएका केही व्यक्तिहरू भने हलिउडमा सक्रिय छन् । नेपालमा जन्मिएका उनीहरूको हलिउड करियर सफल रूपमा अघि बढिरहेको छ । ती मध्ये चार कलाकारहरूको चर्चा यहाँ गरिएको छ ।

डिचेन लेकमन
नेपालीज–अष्ट्रेलियन अभिनेत्री/निर्मात्री डिचेन लेकमनको जन्म काठमाडौंमा भएको थियो । सन् १९८२ फेब्रुअरी २२ तारिखमा जन्मिएकी डिचेनकी आमा नेपाली–तिब्बतीयन र बुवा अष्ट्रेलियन हुन् ।सात वर्षको उमेरसम्म काठमाडौंमा आफन्तसँग हुर्किएकी उनी त्यसपछि परिवारसँग अष्ट्रेलियाको एडिलेड गइन् । सिड्नी गएर उनले सर्ट फिल्मबाट अभिनय यात्रा सुरु गरिन् । उनले अभिनय गरेको पहिलो सर्ट फिल्म ‘इस्टवोल्र्ड’ हो । सन् २००५ मा अभिनय यात्रा सुरु गरेकी उनी त्यसको आठ वर्षपछि निर्माणमा पनि संलग्न भइन् ।

सर्ट फिल्मका साथै उनले थुप्रै टेलिभिजन शृंखला र केही वेब सिरिजमा पनि अभिनय गरेकी छन् । उनले काम गरेको पछिल्लो वेब सिरिज सन् २०१६ मा आएको ‘स्केरी इन्डिंग्स’ हो ।

दया वैद्य
अमेरिकी अभिनेत्री दया वैद्य सन् १९८० मे २० मा काठमाडौंमा जन्मिएकी हुन् । दयाका बूवा पूर्वभारतीय र आमा ल्याटिन हुन् । उनी दुई वर्षको हुँदा उनीसहित आमा–बुवा क्यालिफोर्नियाको ओकल्यान्डमा बसाइँ सरेर गएका थिए ।

तीन वर्षकै उमेरबाट उनी अभिनयको संसारमा प्रवेश गरिसकेकी थिइन् । ११ वर्षको उमेरसम्म पुग्दा प्रसिद्ध बे एरिया युथ थिएटरसँग जोडिएर प्रस्तुति दिन थालिन् । उनले यूसीएलएबाट थिएटर र डान्स विषय लिएर आफ्नो पढाइ पूरा गरेकी थिइन् ।

कलेजबाट बिदा लिएर उनी अभिनय सिक्न क्यालिफोर्नियाबाट न्युयोर्क गइन् । यद्यपि, आफ्नो पढाइ पूरा गर्नैपर्ने भएपछि उनी फेरि लस एन्जलस फर्किइन् । स्नातकपछि अभिनय करियरकै लागि कहिले न्युयोर्क र कहिले लस एन्जलस आउजाउ गरिरहिन् । यो क्रममा उनले थुप्रै विज्ञापन, टीभी कार्यक्रम र चलचित्रहरूमा काम गरिन् ।

उनले नेकेड ब्राउन मेन (२००३), अलमोस्ट टु लेट (२००५), ब्लु : द अमेरिकन ड्रिम (२०१६), द हिट (२००७) लगायत चलचित्र र थुप्रै टेलिभिजन सिरिजमा अभिनय गरेकी छन् ।

स्वेता लामिछाने
स्वेता यूएस मरिनमा सामेल हुने र हलिउडमा अभिनय गरिरहेकी सम्भवतः नेपाली मूलकी पहिलो महिला कलाकार हुन् । पाटनमा जन्मिएकी स्वेता हाल अमेरिकामा बस्छिन् ।

अमेरिकी सैन्य अनुभवी, अभिनेत्री, मोडेल तथा गायिका आफ्नै स्किनकेयर र मेकअप व्यवसाय सञ्चालन गर्ने तयारीमा छिन् । उनले हलिउड चलचित्र ‘बालकोनी’सहित धेरै सिरिज र सर्ट फिल्ममा काम गरिसकेकी छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *