प्रचण्ड र माधव नेपालले नै मलाई हटाउने ग्राण्ड डिजाईन गर्न सकेनन् होला, अन्त कतैबाट भएको आदेश पालना भयो : ओली

Uncategorized

काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउनको लागि पुष्पकमल दाहाल र माधव नेपालले ग्राण्ड डिजाईन गर्न सक्ने ल्याकत नराख्ने भन्दै बरु अन्त कतैबाट भएको आदेश पालना गरेको टिप्पणी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्ट पार्टी विभाजन गर्न आफूले भूमिका खेलेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको पनि जिकिर गरे । उनले आफ्नो निशानामा अदालत, निर्वाचन आयोग र सभामुख नभएको स्पष्ट पारे । बरु, अदाललते दुनियाँमा कहीँ नभएको फैसला गरेको पनि उनको भनाई थियो । अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको विषयमा उनले यस्तो टिप्पणी गरेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग एकता गर्नु गलत नभएको स्पष्ट पारेका छन् । उनले आफूले असल नियतले पार्टी एकता गरेको पनि स्मरण गराए । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ आउने दाबी गरे । उनले माधव नेपाल, प्रचण्ड, बाबुराम भट्टराई र उपेन्द्र यादवले चुनाव नजित्ने पनि दाबी गरे । उनले माधव नेपाल र प्रचण्ड कहाँबाट चुनाव लड्छन ? भन्दै प्रश्नसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *