भ्वाइस अफ नेपाल किड्सको कोच घोषणा, को–को हुने छन् कोच ?

मनोरंजन

काठमाडौं । भ्वाइस अफ नेपाल किड्सको कोच घोषणा गरिएको छ । भ्वाइस अफ नेपाल किड्सको कोच भ्वाइस अफ नेपाल सिजन–३ को ग्रान्ड फिनालेको स्टेजमार्फत घोषणा गरिएको हो ।

भ्वाइस अफ नेपाल किड्सको कोचमा प्रमोद खरेल र प्रविशा अधिकारी रहने घोषणा गरिएको छ । प्रमोद र प्रविशाबाहेक अरु एक वा दुईजना कोच रहने जनाएको आयोजकले नाम भने घोषणा गरेको छैन ।
केही समयपछि भ्वाइस अफ नेपाल किड्सको डिजिटल अडिसन केही समय पछि आह्वान गरिने आयोजकले जनाएको छ ।

केही वर्ष यता नेपालमा बाक्लै रुपमा सांगीतिक रियालिटी शो हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *