मेयरलाई कार्यकक्षमै मसाज !

समाचार

२४ साउन, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ ।

मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा बेचन कार्यालयको सोफामा आराम गरिरहेका छन् भने कार्यालय सहयोगी करण दासले खुट्टामा मसाज गरिरहेको देखिन्छ ।कोठाभित्र मसाज गराएको तस्वीर झ्यालबाट एक जना स्थानीय व्यक्तिले कैद गरेर सामाजिक संजालमा राखिदिएका हुन् । उक्त तस्वीर भाइरल भएपछि मेयर बेचनको आलोचना भएको छ ।

मेयर बेचनले भने आफू बिरामी भएपछि कार्यकक्षमै मसाज गराएको बताएका छन् । यद्यपि यी तस्वीरहरु हालको नभई जेठ महीनाकै भएको बताए ।

‘जेठ महीनामा दोस्रो खोप लिंदा कार्यालयमै बेहोस जस्तो भएको थिएँ,’ उनले भने, ‘त्यहीं भएर सम्बन्धले भाइ पर्ने करणलाई मसाज गरिदिन आग्रह गरें ।’

एक्कासी बेहोस जस्तै भएको र शरीर पनि काप्न थालेको अवस्थामा मसाज गर्न लगाएको बताउँदै उनले यसलाई सामान्य रुपमा लिनुपर्ने बताए ।

सामान्य कुरालाई अतिरञ्जित गरिएको उनको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *