कम्युनिस्ट नेता-कार्यकर्तालाई बाबुरामको आग्रह : उल्टो दिशातिर हिँड्न छाडौँ

राजनीति

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विभिन्न घटकमा विभाजित नेपालका कम्युनिस्ट नेता-कार्यकर्ता उल्टो दिशामा हिँडिरहेको आरोप लगाएका छन्।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत् अब नयाँ विचारसहित कम्युनिस्ट नेता कार्यकर्तालाई समाजवादी ध्रुवीकरणमा लाग्नसमेत आग्रह गरेका छन्।

लामो समय कम्युनिस्ट पार्टीमा आवद्ध रहेका र तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको नेतृत्वसमेत गरेका नेता भट्टराईले मान्छेले मान्छेमाथि गर्ने सबै खाले विभेद र उत्पीडनको अन्त्य गर्ने कम्युनिस्टको लक्ष्यलाई स्टालिनदेखि ओलीसम्मले उल्टो दिशातिर सोझाएको आरोप लगाएका छन्।‘नेकपाका विभिन्न घटकमा रहेका कमरेडहरूसँग आग्रह : मान्छेले मान्छेमाथि गर्ने सबै खाले विभेद र उत्पीडनको अन्त्य गर्ने लक्ष्य स्टालिनदेखि ओलीसम्म आइपुग्दा किन र कसरी उल्टो दिशातिर सोझियो?’ नेता भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘पुरानै बाटो हिंडेर नयाँ ठाउँमा कसरी पुगिएला? अब नयाँ विचारसहित नयाँ समाजवादी ध्रुवीकरणमा लाग्ने कि?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *