इटहरीमा बालकले बम फेला पारेपछि …

समाचार

काठमाडौं – इटहरीमा ग्रिनेट बम फेला परेको छ । शनिवार इटहरी २ अन्नपूर्ण मार्गमा ग्राभेल सडक सम्याउँने क्रममा बम फेला परेको हो ।

सडक सम्याउँदा बम जस्तो बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गोलो आकारको बलजस्तो बस्तु एक जना बालकले खेलाउदै गर्दा देखेपछि स्थानीयले प्रहरीलाई बोलाएको जनाइएको छ ।

उक्त बम नेपाली सेनाको टोलीले अहिले डिस्पोज गरिसकेको जनाइएको छ । यस घटनाबारे प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *