अमेरिकामा आगामी सेप्टेम्बरमा डेल्टा भेरियण्टको संक्रमण प्रत्येक दिन २ लाखमा देखिन सक्ने, संक्रमित कति ?

समाचार

एजेन्सी -अमेरिकी राष्ट्रपतिका सल्लाहकार एवम् राष्ट्रिय निर्देशक एन्थोनी फौचीले अमेरिकामा आगामी सेप्टेम्बरमा डेल्टा भेरियण्टको कारण प्रत्येक दिन २ लाख बढीमा कोरोना संक्रमण देखिन सक्ने बताएका छन् ।

हालैको एक अन्तर्वार्तामा उनले केहि महिना पहिले दैनिक १० हजार संक्रमित भेटिने गरेको तर आगामी दिनमा सम्भवतः दैनिक १ लाखदेखि २ लाख संक्रमितको संख्या पुग्नसक्ने चेतावनी दिएका छन् ।

यस्तै निर्देशक फौचीले हालसम्म खोप नलगाएका मानिसहरुमा कोरोनाको नयाँ भेरियण्टले विपत्ति ल्याउन सक्ने र त्यसो भएमा अहिलेको खोप अभियानले पनि काम नगर्नसक्ने चिन्ता व्यक्त गरेका छन् ।

उनका अनुसार कोरोनाको नयाँ भेरियण्ट रोक्नको लागि कोरोना संक्रमणलाई पूर्णविराम लगाउनु पर्नेछ । त्यसका लागि सबैले कोरोनाविरुद्धको खोप अनिवार्यरुपमा लगाउनुको विकल्प नभएको सिन्ह्वाले जनाएका छन् ।

अमेरिकामा अहिले सम्म ३ करोड ६४ लाख ४७ हजार १२३ मा कोरोना पुष्टि भएकोे छ । साथै कोेरोनाबाट अहिले सम्म ६ लाख ३२ हजार ६४१ जनाको मृत्यु भएको छ । विश्ममा कोरोनाले सबैभन्दा धेरे प्रभाव पारेको देश अमेरिका नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *