कुर्सीबाट ल’डे’र गाउँपालिका अध्यक्षको मृ’त्यु

समाचार

दाङमा कुर्सीबाट ल’डे’र पूर्वगाविस अध्यक्षको मृ’त्यु भएको छ। शनिबार साँझ ५ बजेतिर कुर्सीबाट ल’डेर ग’म्भी’र घा’इ’ते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृ’त्यु भएको हो।कुर्सीबाट ल’डे’र टाउकोमा ग’म्भी’र चो’ट लागेका तुलसीपुर उपमहानगरपालिका–निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृ’त्यु भएको हो।

कामदार अभाव पछि मलेसियाले नेपाली लैजाने, मलेसियाले चाल्यो यस्तो कदम..
तीन वर्षअघि उत्पन्न सिण्डिकेट विवादका कारण रोकिएको मलेसियाको रोजगारी खुलेको छ । २०७५ सालमा सिण्डिकेट विवादपछि म्यानपावर कम्पनीहरूले नेपाली कामदार मलेसिया पठाउन सकेका छैनन् ।

मलेसियाले ३२ हजार विदेशी कामदार लिने निर्णय गरेसँगै नेपालमाथि लगाएको प्रतिबन्धसमेत फुकुवा गरेको छ । नेपालबाट सुरक्षा गार्ड, उद्योग, कम्पनी र अन्य क्षेत्रमा मलेसिया सरकारले कामदार लिने घोषणा गरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।श्रमिकको अभाव भएपछि मलेसियाले केही संख्यामा विदेशी श्रमिक लिन लिएको नीतिभित्र नेपालसमेत परेको मलेसियास्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रणका लागि निश्चित मापदण्ड अध्यागमन कार्यालयको माइट्राभल पास/माई इन्ट्री, मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने, कोभिडको परीक्षण गरिएको नेगेटिभ रिपोर्ट उड्नुभन्दा ४८ घण्टा अगाडि पेस गर्नुपर्ने मापदण्ड राखेको छ ।यसैगरी, मलेसिया पुगेपछि तोकिए अनुसार क्वारेन्टाइन बस्नुपर्नेछ । भिसा लगायतका विषयमा कुनै कुरा बुझ्नु परेमा वेभसाइटमा सूचना हेर्न सकिने दूतावासले जनाएकाे छ ।

प्रक्रिया पुरानै
मलेसियामा सिण्डिकेटका कारण बन्द हुनुअघिकै प्रक्रियाबाट कामदार पठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मलेसियाको रोजगार खुल्यो भन्ने सुनिए पनि मलेसियाका तर्फबाट आधिकारिक जानकारी भने नआएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए ।

मलेसिया सरकारसँग भएको श्रम सम्झौता अनुसार तत्काल पुरानै प्रक्रियाबाट कामदार पठाउनुपर्ने अवस्था रहेको सचिव गौतमले बताए ।मलेसिया सरकारसँग भएको श्रम सम्झौता र तत्काल २०७५ सालअघिकै प्रक्रियाबाट कामदार पठाउने हो । लामो समयपछि रोजगारी खुलेको छ । जसका कारण पहिला कामदार पठाउन सुरु गर्नुपर्छ’, उनले भने, ‘मलेसियामा विगतमा देखिएका समस्या श्रम सम्झौताअनुसार समाधान गर्न विषयमा छलफल हुन्छ। कामदारको सेवाशुल्क रोजगारदाता कम्पनीले बेहोर्ने श्रम सम्झौता उल्लेख छ ।’

मलेसिया र नेपालबीच १२ कात्तिक २०७५ मा सरकारीस्तरमा श्रम सम्झौता भएको थियो । नेपाल र मलेसियाबीच भएको त्यो सम्झौता १७ वर्षको थियो । नेपालका तर्फबाट तत्कालीन श्रममन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरनले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।श्रम सम्झौतामा मलेसिया जाने कामदारको करार अवधि भने तीन वर्षबाट दुई वर्ष कायम गरिएको छ । भिसा शुल्क, हवाई टिकट, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच, लेबीलगायत खर्च सम्बन्धित रोजगारदाताले नै बेहोर्ने गरी समझदारी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *