नेपाललाइ साफको इतिहासमै पहिलोपटक फाइनलमा पुर्याएका प्रशिक्षक अलमुताइरीले साफपछि पदत्याग गर्ने र नेपाल कहिले नफर्किने

खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोली इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार माल्दिभ्समा जारी प्रतियोगिताको अन्तिम लिग खेलमा बंगलादेशसँग १-१ को बराबरीमा रोकिएपछि नेपालले फाइनलमा स्थान पक्का गरको हो ।

नेपालले ४ खेलमा ७ अंक जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो । तेस्रो खेलमा भारतसँग १-० को हार बेहोरेपनि नेपालले अन्तिम खेलमा आफू अनुकुल बराबरीको नतिजा निकाल्दै फाइनलमा स्थान बनायो ।

नेपाल यसअघि ५ पटक सेमिफाइनलमा पुगेर फाइनल पुग्नबाट बन्चित भएको थियो । पछिल्लो पटक सन् २०१८ मा नेपाल माल्दिभ्ससँग ३-० ले पराजित हुँदै सेमिफाइनलमा बाहिरिएको थियो । त्यसअघि सन् २०१३ र २०११ मा अफगानिस्तानले नेपाललाई सेमिफाइनलमा हराएको थियो ।

सन् १९९५ मा श्रीलंकासँग हारेको नेपाल सन् १९९९ मा भने बंगलादेशसँग पराजित भएको थियो । समग्रमा साफमा नेपालको इतिहास यसप्रकार छ :

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्ने भएका छन् । बुधबार लिग चरणको अन्तिम खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अलमुताइरीले नेपालको प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन् । उनले एक महिनाअघि नै राजिनामा दिएपनि अब नेपाललाई फाइनल पुर्याएलगत्तै प्रतियोगिता सकिएपछि राजिनामा लागु हुने बताएका हुन् । उनले आफू नेपाल नफर्कने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *