२५० वटा कुकुरकी ‘आमा’ भन्छिन्- यिनीहरूको रेखदेखमै आफ्ना चारवटा घर बेचिसकेँ (भिडिओ)

भिडियो समाचार

सुन्दरीजलस्थित सुन्ताखानको पारिभित्ता जंगलछेउ जस्तापाताले बारिएका टहराहरू छन्। टहरासम्म पुग्न खोलाछेउको अप्ठ्यारो बाटो हिँड्नुपर्छ।जति नजिक पुगिन्छ, टहराबाट कुकुरहरू भुकेको आवाज उति चर्को सुनिन्छ। टहराबाहिर चरिरहेका गोरूहरू पनि कराउन थाल्छन्।

झट्ट सुन्दा पशु फार्मजस्तो लाग्ने यो ठाउँ ‘स्रिज एनिमल रेस्क्यू नेपाल’ हो। यहाँ सडकमा छाडिएका, घाइते तथा नाजुक स्थितिमा रहेका कुकुर उद्धार गरेर राखिन्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

स्रिज एनिमल रेस्क्यूकी सञ्चालक सिर्जना ठकुरी हरेक दिउँसो एक बजेतिर यी कुकुरलाई खाना खुवाउन बौद्धस्थित आफ्नो कोठाबाट हतारहतार यहाँ आइपुग्छिन्। आउनेबित्तिकै सबै कुकुर हतारिँदै उनीसँग झुम्मिन्छन्।सिर्जना पुग्दा त्यहाँ रेखदेख गर्ने कर्मचारीले कुकुरका लागि खाना पकाएर ठिक्क पारेका हुन्छन्। त्यही खाना सिर्जना आफैंले सबै कुकुरलाई एकएक गरी खुवाउँछिन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

‘म भइनँ भने कुकुरहरू खानै खाँदैनन्,’ ४६ वर्षीया सिर्जनाले सेतोपाटीसँग भनिन्, ‘मलाई पनि अरूले खाना दिँदा सबै कुकुरले पाउँदैनन् कि भन्ने चिन्ता लाग्छ। त्यसैले आफ्नै हातले खुवाएपछि मात्र मन शान्त हुन्छ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

सिर्जना जनावरलाई एकदमै प्रेम गर्छिन्। करिब छ वर्षदेखि बाटोमा बिचल्ली परेका कुकुरको उद्धारमा लागिपरेकी छन्। गाडीले किचिदिएर, तेजाब हालिदिएर, आँखा निकालिदिएर, तातोपानी खन्याइदिएर बिजोग अवस्थामा सडकमा लडेका कुकुरलाई उनी आफूसँग ल्याउँछिन्। उपचार गर्छिन् र पाल्छिन्। **भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

उनले दुई वर्षअघि यो रेस्क्यू सेन्टर सञ्चालन गरेकी हुन्। यसलाई उनी आफ्नो संस्थाभन्दा कुकुरहरूको अनाथाश्रम भन्न रूचाउँछिन्। यहाँ उनले करिब दुई सय पचासभन्दा बढी कुकुर र दुइटा गोरू पालिरहेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *