वुवा विदेशवाट आउने खुसीमा निस्केका ८ वर्षे छोरालाई टुरिष्ट बसले ठ क्क र दियो, नातीको श व देखेर हजुरआमा बेहोस

समाचार

बुवा दसैं मान्न विदेशवाट घर आउने भएपछि रमाउँदै सामान किन्न बजार निस्केका एक बाललको गाडीको ठ क्क रवाट निधन भएको छ । चितवनको भरतपुर महानगरपालिका (७ मा पर्यटक बोक्ने बसको ठ क्क रबाट ८ वर्षका बालकको निधन भएको हो । भरतपुर(७ का ८ वर्षिय मिलन भण्डारीको निधन भएको प्रहरीले जनाएको छ ।

चौविसकोठीबाट पटिहानी जाँदै गरेको बा१प १२८४ नम्बरको कसरा टुर्स एण्ड ट्राभल्स प्रालिको बसले विकास चोक नजिकैको सडकपेटीमा आमा र बहिनीसँगै हिडेका बालकलाई ठ क्क र दिएको हो । उनी सामान किन्न घरवाट निस्केका थिए । मामाघरमा बस्दै आएका उनी बुबा विदेशबाट दसै मनाउन आउने खबर भएपछि उनीहरु नजिकैको पसलमा सामान किन्न गएका थिए । पसलबाट बाटो पार गर्ने क्रममा तीव्र गतीमा आएको बसले एक्कासि ठ क्क र दिएको थियो ।

मिलनको घर भने माडी हो । बुवालाई भेट्ने उमंगमा रहेका उनको मामाघर नजिकै सडकमा निधन भयो । उनको टाउकोमा ग म्भी र चो ट लागेको थियो । घर नजिकै नातीको श व देखेपछि मामाघरको हजुरआमा सूर्यकुमारी लामिछाने बे हो स बनेकी थिइन् । बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *