मंत्री हुने बित्तिकै एक्सनमा, जहाज घाममा सुकाएर पैसा आउँदैन, उडाउनु पर्‍यो : पर्यटनमन्त्री आले

राजनीति

काठमाडौँ- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी रुपमा योजना तथा

कार्यक्रम अघि बढाउने बताएका छन्। सिंहदरबारमा आज पदबहाली गर्दै मन्त्री आलेले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको सम्पदा र संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनमा जुट्ने बताए ।पर्यटनमन्त्री आलेले नेपाललाई विश्वकै पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न खरो रुपमा उत्रनुपर्ने खाँचो औँल्याए ।

मन्त्रालय अन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष लगायतलाई प्रभावकारी बनाइने तथा नेपाल पर्य टन बोर्ड र राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई सुदृढ गरिने उनको भनाइ छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिइनुका साथै आन्तरिक र अन्तरराष्ट्रिय विमान स्थललाई सुदृढ र प्रभावकारी रुपमा सञ्चालन गरिने मन्त्री आलेले विश्वास व्यक्त गरे । उनले नियमित उडान नगराई जहाज घाममा सुति रहेको र बेलैमा जहाज उडाउन नस’केकोमा असुन्तुष्टि पोखे ।

‘यो तालले पर्यटन मन्त्रालय चलाउन सकिँदैन । वाइडबडीको मात्रै २७/२८ अर्ब ऋण छ । तर, हाम्रा जहाज घाममा सुतिरहेका छन् । जहाज घाममा सुकाएर पैसा त आउँदैन, त्यसलाई युज गर्नु पर्‍यो । उडाउनु पर्‍यो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *