१७ वर्षिया एलिशा आ”त्मह”त्या प्रकरण : आफ्नै छात्रालाई प्रिन्सिपलले अ’स्लिल म्यासेज र तस्बिर पठाएपछी

समाचार

बाँकेको बैजनाथ गाउपालिकास्थित चिसापानीमा रहेको दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सपल दमन पाण्डे आफ्नै छात्रालाई आ”त्मह”त्या दुरु”त्साहन गरेको अ’भियोगमा प’क्राउ परेका छन् । पाण्डेलाई आफ्नै विद्यालयबाट एसईई गरेकी छात्रालाई मृ”त्यु दुरु”त्सा”हन गरेको अ’भियोगमा प’क्राउ गरेको प्र’हरीले जनाएको छ । एक साताअघि बैजनाथ गाउँपालिका गाभरकी १७ वर्षिया एलिशा शाह घरमै मृ’त अवस्थामा भेटिएकी थिइन् ।

मृ’तक शाह पाण्डेकै करबलमा कोहलपुरमा रहेको एक विद्यालयमा ११ कक्षामा भर्ना भएको र बारम्बार विभिन्न खालका द’बाब दिने गरेको मोबाइलमा भेटिएको एसएमएसले पुष्टि गरेकोले निश्पक्ष छानविन गरी का’रवाहीको दायरामा ल्याउन आफूहरुको माग रहेको मृ’तक शाहका आफन्त पुनित विक्रम शाहले बताए । मृ’तक शाहको मोबाइलमा प्रिन्सिपल पाण्डेले पठाएको अ’श्ली’ल एसएमएस भेटिएपछि आ’क्रोशित स्थानीयले प्रिन्सपल पाण्डेमाथि का’रवाहीको माग गर्दै विद्यालय घे’राउ गरेका थिए ।

पाण्डेले विभिन्न खालका प्रलोभन दिएर अश्लील कार्य गरेको आशंका गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले प्रिन्सिपल पाण्डेलाई नियन्त्रणमा लिएर आत्महत्या दुरु’त्सा’हन मु’द्दा द’र्ता गरी अनुसन्धान थालेको बताए । स्थानीयहरु शुक्रबार विद्यालयमै पुगेर दुंगामुढा गरेपछि प्र’हरीले पाण्डेलाई नियन्त्रणमा लिएको थियो । – न्युज कारखाना

प्र’हरीले एलिसाले लेखेको सु,’साइड नोट पनि ब,रामद गरेको छ, जसमा ‘हजुरको नाक का,’ट्नुभन्दा बरु म आफैं म,’र्छु’ भनिएको छ । नोटको अन्तिममा उनले आफूलाई धेरै ड,’र लागिरहेको पनि उल्लेख गरेकी छन् ।‘नोटबाट उनले स्वेच्छाले नभई कसैका कारणले देह’त्या’ग गर्नेसम्मको परिस्थिति सिर्जना भएको देखियो,’ एलिसाका बुबा वकिलजंगले दिएको कि,’टानी जा,’हेरीमा भनिएको छ, ‘कसैसँग सम्बन्ध रहेको हुनसक्ने देखिएपछि फेसबुक एकाउन्ट खोलेर हेरेका थियौं ।’

म्यासेन्जरमा भएको कुराकानी हेर्दा एसईई दिएको विद्यालयका प्रधानाध्यापक पाण्डेसँग लामो समयदेखि ‘अ,’स्वाभाविक कुराकानी’ भएको देखिएको उनको भनाइ छ । एलिसा कक्षा ११ मा रामजानकी उच्च माविमा पढिरहेकी थिइन्, तर पाण्डेले त्यहाँ पनि अध्यापन गराउने गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *