गाउँमा पुगेर बिहे गरेका छत्र शाही र काजललाई बधाई दिनेको भिड (हेर्नुस् भिडियो)

भिडियो मनोरंजन

लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका सबैको मन मुटुमा बस्न सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक बन्धनमा बाधिएका छन् ।दोहोरी खेल्न अब्बल यी जोडीको दोहोरीलाई लाखौं दर्शक स्रोताले रुचाएका छन् ।

दोहोरी खेल्न अब्बल यी जोडीको दोहोरीलाई लाखौं दर्शक स्रोताले रुचाएका छन् ।ईन्द्रेणीमा लाईभ दोहोरी गाएर चर्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । केहिसमय अगाडि इन्द्रेणी कार्यक्रमको स्टुडियोबाटै बिबाहको घोषणा गरेका थिए । यी जोडीले गाउँमा पुगेर बिबाह गरेका हुन् ।

सबैले छत्रको बिहे काजल संगै हुनु पर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै आएका थिए सोहि दर्शकको मायाले पनि हुन सक्छ यी जोडीको अन्तत बिहे भएरै छाडेको छ।उनीहरुलाई सुभकामना दिन गाउँका गाउँपालिका प्रमुख देखि वडा अध्यक्ष सम्म पुगेका छन।छत्र सुदूरपश्चिममा जन्मिएका एक सफल गायक हुन्।

इन्द्रेणीले एक समय छत्रको दोहोरीहरु धेरै राखेको थियो त्यो समयमा धेरैजसो दोहोरीमा काजल देखिने गर्दथिन।सामान्य र एक सरल स्वभाब रहेका छत्र लामो समय देखि यही क्षेत्रमा संघर्ष गरेर यो ठाउँ सम्म पुगेका गायक हुन्।भविष्यको कृष्ण कंडेल भनेर उनलाई धेरैले सुभकामना दिने गर्दछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *