७० करोड भन्दै उडाउने भरतमणी जब गोकुल बाँस्कोटाकै घरमा पुगे

मनोरंजन

कमेडी च्याम्पियन विजेता भरतमणि पौडेल पूर्वमन्त्री गोकुल बास्कोटलाई भेट्न पुगेका छन् । उनले बाँस्कोटाको क्यारिकेचर गरेर अत्यधिक चर्चा कमाएका थिए । उनको त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल छ । ७० करोड कमिशन मागेको आरोपलाई लिएर भरतमणीले बाँस्कोटाको क्यारिकेचर गरेका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

उनको त्यो क्यारिकेचर निकै चर्चित बन्यो । उनको क्यारिकेचर चर्चित भएपछि बाँस्कोटा स्वयंले पनि भरतमणीलाई फोन गरेका थिए । तर अहिले भने भरतमणी बाँस्कोटाको घरमै भेट्न पुगेका छन् । सामाजिक सञ्जाल फेसवुकमा तस्बिर सार्वजनिक गर्दै भरतमणीले त्यसवारे जानकारी गराएका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

भरतमणिले भक्तपुरस्थित बास्कोटाको निवासमै पुगेर बास्कोटालाई भेटेका हुन् । आफैंले फोन गरेर समय मागे पछि बाँस्कोटाले घरमै बोलाएका थिए । भेटका क्रममा बास्कोटाले भरतमणिको क्यारिकेचरलाई लिएर आफ्नै शैलीमा टिप्पणी गरेको उनले फेसवुकमा पनि उल्लेख गरेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

मलाई राष्ट्रियरूपमा उडाउनी ?’ बास्कोटाले भने । भरतमणिले जवाफ दिए, ‘जोकमा अलिअलि नउडाइ हुन्न हजुर । नत्र मान्छे हाँस्दैनन् ।’

बास्कोटाले फिस्स हाँस्दै भने, ‘केको अलिअलि हुन्थ्यो, धेरैले उडाउनुभो ।’ भरतमणी बाँस्कोटाको घरमा करिब १५ मिनेट विताएको बताएका छन् । त्यसक्रममा बाँस्कोटाले आफै ७० करोडको प्रशंग पनि निकालेका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Leave a Reply

Your email address will not be published. Required fields are marked *