दसैको मुखमा आयो दुखद खबर सवारी दुर्घटनामा ६ जनाको मृत्यु

समाचार

भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालका–५ सृजनानगर राधे राधे पुलमा बागमती प्रदेश ०२–०१७ प १०१२ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हाल पहिचान नखुलेका करिब १८ वर्षीय किशोर छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–३ दम्कीमा भे.१ ज ८७९ नम्बरको जीप बिहीबार दुर्घटना हुँदा जीपमा सवार मधुवन नगरपालिका–५ बस्ने ८० वर्षीया रुप्सी कुमालको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १० जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाहीको हरिपुर्वा नगरपालिका–९ मिर्चैया टोलमा ज.१ त ९२७९ नम्बरको ट्याक्टरले साइकललाई बिहीबार साँझ ठक्कर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–५ हरीपुर्वा बस्ने ५५ वर्षीय पुकार महतो रहेका छन् ।

पर्साको बुहुदरमाई नगरपालिका–८ रामनगरीमा प्रदेश २–०३–००१ प ७८५९ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने ५५ वर्षीय जोगेन्द्र गिरी छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० मा भे.९ प ७९७१ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक राप्तीसोनारी गाउँपालिका–१ बस्ने २१ वर्षीय दिपक बुढामगरको मृत्यु भएको छ ।

सुनसरीको दुहबी नगरपालिका–३ स्थित कोशी राजमार्गमा एनएल ०२ क्यू ०१३४ नम्बरको ट्रकले को.१० प २६८१ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा उक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–८ बस्ने ४५ वर्षीय लक्ष्मी प्रसाद लुईँटेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *