हतियार नउठाउने, पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा आन्दोलन गर्ने बेला आयो, पैसा खर्च गर्नेले मात्र चूनाव जित्छन : प्रचण्ड

Uncategorized

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा आन्दोलन गर्ने बेला आएको बताएका छन् ।

बिहीबार काठमाडौंमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण आन्दोलन गर्ने बेला आएको बताए । उनले आफूहरुको यो आन्दोलन हतियार नउठाइ जितिने तर्क गरे ।

अहिलको चूनाव निकै खर्चिलो भएको र खर्च गर्नेले मात्र चूनाव जित्न सक्ने अवस्था आएको उनको भनाइ छ । त्यस्तै प्रचण्डले आफूलाई एमाले विभाजन गराएको भनेर लगाएको आरोप सही नभएको धारणा राखेका छन् । यसअघि ओलीलाई पार्टीबाट निस्कासन गर्न हस्ताक्षर गर्ने नेताहरूले आफूलाई गलत आरोप लगाएको उनले बताए ।

प्रचण्डले आफूले नै बनाएको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट प्रतिगमन गरेको र संविधानका उपलब्धि उल्ट्याउने काम भएकाले मिलेर लड्ने निर्णय लिएको जिकिर गरे । त्यस्तै प्रचण्डले प्रतिगमनबिरुद्ध आत्मसमर्पण गर्ने कि आत्महत्या गर्ने कि लड्ने भन्ने विकल्प देखेपनि जोखिम उठाएर लडेको बताए ।

उनले अहिले पार्टीको क्रान्तिकारी चरित्रमा ह्रास आएको भन्दै सवैले गम्भीर भएर सोच्नुपर्ने पनि बताए । अखिल (क्रान्तिकारी) को सम्मेलन तीन दिनसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *