नेपालमै भेटिए- बलिउड हिरो अजय देवगणको हुबहु डुप्लिकेट । टिकटक भिडियो भाईरल भएर सक्कली अजय देवगणकै घरमा पुग्यो (भिडियो हेर्नुस)

भिडियो मनोरंजन

कन्चनपुरका करण केसी बलिउड हिरो अजय देवगण जस्तै देखिन्छन् । टिकटकमा उनी देवगणकै फिल्मका डाईलग र गीतहरुमा टिकटक बनाउने गर्दछन् । उनलाई सबैले अजय जस्तै भनेर कमेन्ट दिन्छन् । उनको अनुहार, दाँत, हाउभाउ अजय देवगणसँग मिल्छ । करणले हालसम्म रिलिज भएका अजय देवगणका सबै फिल्महरु हेरेका छन् ।

जिमका पारखी करण हरेक फिल्मबाट अजयको नक्कलहरु सिक्छन् । उनलाई अजयको जस्तै आवाज निकाल्न भने आउँदैन । उक्त कुराको पनि उनी अभ्यास गर्दैछन् । कलाकारितामा पनि रुचि भएका करणका भिडियोहरु टिकटकमा धेरैले हरेका छन् । उनका केहि भिडियोहरु पाकिस्तानसम्म भाईरल पनि भएका छन् ।

अजयलाई आफ्नो गुरु मान्ने करण एकपटक अजय देवगणलाई भेटे उनलाई ढोग्ने बताउँछन् । उनी जस्तै देखिन करणले बिभिन्न चश्माहरु किनेका छन्, जुन अजयले बिभिन्न चलचित्रहरुमा लाएका छन् । आर्मीको कपडा पनि उनले किने । अजयले जस्तै गरी चुरोट खान सिक्दै करणले धुम्रपान नगर्ने व्यक्ति भएपनि टिकटक भने बनाएका छन् । अब उनी एक म्युजिक भिडियोमा छिट्ट्र देखिदैछन् । उनीसँग शिशिर भण्डारीको कुराकानी हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *