शम्भु थापालाई मन्त्री बनाइँदै

राजनीति समाचार

काठमाडौं, १२ असोज । वरिष्ठ अधिवक्ता शम्भु थापा मन्त्री बनाइने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक समाजका अगुवाका रुपमा उनलाई मन्त्री बनाउने भएका हुन् ।

मन्त्रिपरिषद विस्तारमा थापालाई मन्त्री बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले देउवालाई प्रस्ताव गरिसकेको बुृझिएको छ । देउवा थापालाई मन्त्री बनाउन सहमत भएका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध शम्भु थापा कानुनी लडाईंमा अग्रपंक्तिमा थिए । उनले विघटनविरुद्ध नागरिक तहमा जनमत बनाउन पनि भूमिका खेलेका थिए ।नेपाल बार एशोशिएसनका पूर्व अध्यक्ष समेत रहेका थापा खरो स्वभावका मानिन्छन् ।

यसैगरी, नागरिक समाजबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दीको नाम पनि मन्त्रीका लागि चर्चामा छ । उनले पनि प्रतिनिधि सभा विघटनविरुद्धको कानुनी लडाईंमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
उस्तै समाचार

नागरिक अगुवाबाट को को बन्लान् मन्त्री

काठमाडौं, १२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्दा दुईजना नागरिक समाजका अगुवालाई पनि समेट्ने भएका छन् । सत्ता गठबन्धनका मुख्य दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसबीच यसमा सहमति जुटेको बुझिएको छ ।

नागरिक अगुवालाई मन्त्री बनाउनेमा जसपा भने असहमत भएको बुझिएको छ । मन्त्रीहरुको भागवण्डामा संख्या बढाउनका लागि जसपाले असहमति राखेको बुझिएको छ ।

नागरिक अगुवामध्ये दुईजनालाई मन्त्री बनाउने सहमति बनाइएको छ । उनीहरु काँग्रेस र कम्युनिस्ट निकटहरु पर्ने बुझिएको छ ।नागरिक अगुवाहरुबाट नाम चयन गरी आज या भोलिभित्र नै टुंगो लगाइने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *