मन्त्री बनाउन माधव नेपालले प्रधानमन्त्री देउवालाई बुझाए यी ५ जनाको नाम

राजनीति समाचार

नेकपा एकीकृत समाजवादी (एस) पार्टीले नेता विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने गरी मन्त्री हुने सांसदको नाम टुंगो लगाएको छ ।

एसका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीको नाम टुंगो लगाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । पार्टीबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सांसद विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाक्री, प्रेम आले र जीवनराम श्रेष्ठलाई मन्त्री बनाउन लागिएको एक नेताले बताए ।

एकीकृत समाजवादीको ६ मन्त्रालय पाउने टुंगो लागेको छ तर अहिले ५ जनाको मात्रै नाम पठाइएको ती नेताले बताए । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको कुन कुन मन्त्रालय पाउने भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीले टुंगो लगाएका नाममध्ये प्रेम आले र जीवनराम श्रेष्ठबाहेक पहिलो पटक मन्त्री हुन लागेका नेताहरू हुन् ।

बाँकी रहेको १ मन्त्रालयमा किसान श्रेष्ठ र भवानी खापुङमध्ये १ जनालाई मन्त्री बनाउने भनिए पनि टुंगो लागि नसकेको ती नेताले बताए ।

एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधव नेपाललाई दिएको थियो । अध्यक्ष नेपालले स्थायी कमिटीका नेतासँग छलफल गरेर मन्त्रीको नाम छनोट गरेको स्रोतले बताएको छ ।

सत्ता गठबन्धनमा सोमवारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएर चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *