भाइले अर्काकी स्वा’स्नी भगाएपछि महेश बस्नेत तनावमा !

समाचार

काठमाडौं । आफ्नै भाइले अर्काकी श्रीमती भगाएपछि नेकपा एमालेका नेता महेश बस्नेत तनावमा परेका छन् । युथ फोर्स नेपालका मोरङ अध्यक्ष परशुराम बस्नेतकी कान्छी श्रीमतीलाई युथ फोर्सका संस्थापक अध्यक्ष तथा एमाले नेता महेश बस्नेतका भाइले सिन्दुर लगाइदिएका हुन् ।

आफ्नै भाइले अर्काकी श्रीमतीको सिउँधोमा सिन्दुर लगाइदिएपछि महेश बस्नेत तनावले रन्थनिएका हुन् । गएको बिहीवार महेशले सामाजिक संजालमार्फत भाइ र बुहारीको फोटो पोष्ट गरेर बधाईसमेत दिएका थिए । तर उनले त्यो पोष्ट अहिले हटाएका छन् ।

परशुरामकी कान्छी श्रीमतीलाई महेश बस्नेतका १३ दिने दाजुभाइमध्येका एक भाइले कान्छी बनाएर घर भित्राएपछि विवाद हुने डरले एमाले नेता बस्नेतले पोष्ट नै डिलेट गरेका हुन् । उनीहरु लामो समयदेखि लिभिङ टुगेदरमा बस्दै आएका युथफोर्स स्रोतले बताएको छ ।

यता महेश बस्नेत खलकका एक भाइले पनि उनलाई कान्छी बनाएपछि भक्तपुरकी जेठी श्रीमतीको हालत पनि पातलो बनेको आफन्तहरु बताउँछन् । आफ्नी कान्छी श्रीमती पछिल्लो ३ वर्षदेखि भक्तपुरका बस्नेतसँग लिभिङ टुगेदरमा बसेपछि परशुरामले पार्टीमा उजुरीसमेत हालेको चर्चा चलेको थियो ।

महेश बस्नेत र परशुरामबीचको कटुता र तिक्ततापूर्ण सम्बन्धलाई कतिपयले तिनै कान्छीको विषयसँग जोड्ने गरेका छन् । एमाले उच्च स्रोतका अनुसार उनले एक पटक शीतल निवासमा र एक पटक बालुवाटारमा नै गएर बिलौना गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष परशुरामले भक्तपुरका बस्नेतले आफ्नो घरबार बिागारिदिएको भन्दै घ्वाँ घ्वाँ रोएको सुन्नेहरुले नै जनआस्थालाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *