आज ठूलो दुर्घटनाबाट बच्यो बुद्ध एयरको विमान, बल्लबल्ल काठमाडौंमा सुरक्षित अवतरण,यति धेरै यात्रुको जोगियो ज्यान

समाचार

आज (सोमबार) बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७३ यात्रु लिएर बुद्ध एयरको जहाज विराटनगरका लागि उड्यो। तर ल्यान्डिङ गियर (अवतरण गर्ने प्रविधि) मा समस्या आएपछि जहाज त्यहाँ अवतरण हुन सकेन।जसले गर्दा जहाज पुनः काठमाडौं नै फर्कियो। तर समस्या उही– अवतरण हुन सकेन। जसले गर्दा जहाज केही समय काठमाडौंकै आकाशमा घुमिरह्यो।

सोमबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको थियो।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानको एउटा पांग्रा नखुलेका कारण अवतरण हुन सकेन र केही समय (झन्डै २ घण्टा) आकाशमै होल्ड हुन परेको हो। काठमाडौं आएपछि आकाशमा झन्डै १० फन्को लगाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २० मिनेटमा सुरक्षित रूपले अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।

जसले गर्दा बुद्ध एयरको जहाज आज ठूलो दुर्घटनाबाट बचेको छ भने ७३ यात्रुको जीवन सुरक्षित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *