एक्कासी दगुरेर फेवातालमा आत्महत्याको प्रयास गरेपछि यसरि जिवितै उद्दार गरियो (भिडियो सहित }

समाचार

पोखरा– पोखराको फेवातालमा एक जना पुरुषले आत्महत्याको प्रयास गरेका छन् ।पोखरा महानगरपालिका वडा नं. ६ मा रहेको फेवातालमा आइतबार एउटा अनौठो घटना घटेको हो ।

आइतबार बिहान करिव ७ बजे एकजना पुरुष एक घण्टा सम्म बराहीघाटमा बसेपछि एक्कासी दगुरेर फेवातालमा हाम्फाल्दै गर्दा नेपाली से’ना, शस’स्त्र प्रहरी र डुंगा चालकहरुको सहयोगमा उनलाई उद्दार गरिएको छ ।बाराही घाटमा डुंगा व्यवसाय संचालन गर्दै आएका डुंगा व्यवसायीहरुका अनुसार धादिङ्ग घर बताउने अन्दाजी ३० वर्षका पुरुष शनिवार धादिङ्गबाट पोखरा आएका थिए ।

शनिवार नै उनी पोखराको एक होटलमा कोठा लिएर बसेका थिए भने सोही दिन पनि उनी बाराही घाटमा आएर केही समय टोलाउँदै बसेका थिए ।एकजना डुंगा व्यवसायीका अनुसार उनले शनिवार बाराही मन्दिरमा पुगेर दर्शन पनि गरेका थिए ।पोखरामा लामो समयदेखि बन्द रहेको डुंगा व्यवसाय यति बेला खुलेको छ ।लकडाउन खुलेसंगै पोखरामा पछिल्लो समय आन्तरिक पर्यटनको घुइँचो लाग्न थालेको छ ।उनी पनि पोखरा घुम्न आएका हुनसक्ने सोच्दै मानिसहरुले उनी भएकोतिर ध्यान दिएनन् ।

शनिवार मन्दिरमा दर्शन गर्न गएका उनी आइतबार बिहान एक्कासी मर्ने सोच बनाएर फेवाताल आए ।फेवातालमा बिहान मात्रै एक घण्टा भन्दा बढी बिताएका उनले एक्कासी दगुर्दै आफ्नो ज्यान फेवातालमा फाल्ने विचारका साथ बाराही घाटमा आएको डुंगा चालकहरुको अनुमान छ ।केही समय डुंगा व्यवसायीले सामान्य रुपमा घुम्न आएका होलान् भनेर वास्ता नगरेको भएपनि उनी एक्कासी डुंगा छाडेर टाउको फेवातालतिर घोप्टे बनाएपछि आत्महत्या गर्न लागेको शंका गरेका थिए ।

अन्ततस् उनले फेवातालमा आफ्नो ज्यान फाल्ने प्रयास गरेपछि उद्दारको लागि तयार रहेको नेपाली आर्मी’को टोली, शस’स्त्र प्रहरी र डुङ्गा व्यवसायीको पहलमा उनलाई जिवितै उद्दार गरिएको हो ।उद्दार पश्चात उनलाई वडा प्रहरी कार्यालय बैदामको पहलमा उनलाई प्रहरी कार्यालय लगिएको थियो ।

आफुलाई जिन्दगीमा एक्लो अनुभव भएको र बिभिन्न रोगहरुले समस्या बनाएको बताउने ती व्यक्तिलाई किन त्यस्तो गर्नु भयो भनेर सोधपुछ गर्दा उनी आफु रोगी भएको र एक्कासी आफुमा बेला बेला यस्तो सोच आउने, निराशा लाग्ने भएपछि आफु पोखराको फेवातालमा गैर ज्यान फाल्ने योजनाका साथ फेवातालमा आएको बताएका छन् ।

फेवातालबाट मानिसको जिवितै उद्धार गरिएको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *