इन्टरनेट कम्पनीलाई कुलमानले दिए यस्तो कडा चेतावनी, इन्टरनेट कम्पनी त’ना’वमा,

समाचार

काठमाँडौ – विद्युत् प्राधिकरणले बिजुलीका पोलको भाडादर बढाएपछि इन्टरनेटको मूल्य बढाउने तयारीमा रहेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पाँच वर्षदेखि विद्युत् प्राधिकरणलाई भाडा नै नतिरेको पाइएको छ ।लामो समयदेखि भाडा नतिरेपछि गत वर्ष नै प्राधिकरणले पोलको भाडादर तोकिदिएको थियो ।

तर, हालसम्म कुनै पनि इन्टरनेट कम्पनीले बिजुलीका पोल प्रयोग गरेबापतको भाडादर बुझाएका छैनन् ।नाफामा रहेका कम्पनीहरूले समेत भाडा नतिरेपछि उनीहरूमाथि कडाइ गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

उनले अझै केही दिनभित्र इन्टरनेट कम्पनीहरूले प्राधिकरणलाई भाडा नबुझाए बिजुलीको पोलमा टाँगिएका इन्टरनेटका तारहरू काटिदिने बताए ।‘अहिले सबै इन्टरनेट कम्पनीहरू फाइदामा छन्। सेवाग्राहीबाट चर्को मूल्य असुलिरहेका छन् । वर्षमा अर्बौँ नाफा उनीहरूले गरेका छन्, तर बिजुलीका पोलको भाडा नै तिरेका छैनन् । अझै पनि भाडा तिर्न नआए इन्टरनेटको तार काटिदिन्छौँ,’ उनले भने ।घिसिङले इन्टरनेट व्यवसाय पछिल्लो समय धेरै फस्टाएको भन्दै उनीहरूलाई कुनै सहुलियत दिन आवश्यक नरहेको बताए ।

उनका अनुसार अहिलेसम्म कुनै पनि कम्पनीले भाडा तिर्न आएका छैनन् । यसअघि प्राधिकरणले भाडा माग गरे पनि उनीहरूले अटेर गर्दै आइरहेका थिए ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *