प्रियंकाले छोरीसँग पहिलोपटक सार्वजनिक गरिन् भिडियो (भिडियो हेरौँ)

मनोरंजन

नायिका प्रियंका कार्की बुधबार छोरीको आमा भएकि छिन् । उनले बिहान १० बजे छोरीलाई जन्म दिएकि हुन् । जन्मनु भन्दा धेरै समयअघिनै आयुष्मान देशराज जोशि र प्रियंकाले छोरीको नाम राखिसकेका छन् । उनीहरुले छोरीको नाम आयन्का राखेका छन् ।

यसैबिच, अभिनेत्री कार्कीकी छोरी आयान्का पनि आमाजस्तै चर्चामा रहने सँकेत देखिएको छ । उनी जन्मिनुअघि नै आमाले पेटको अनेक फोटो सुट गराएर सबैको ध्यान आफूतिर तानेकी थिइन् । आयन्काको चर्चाको कारण अरु केहि नभई इन्स्टाग्रामका फलोअर्स हुन् । बुधबार (हिजो) भर्खर छोरीलाई जन्म दिएका प्रियंका र श्रीमान आयुष्मान देशराज जोशीले आयान्का कार्की जोशीको नामबाट छोरीको इन्स्टाग्राम अकाउन्ट खोलेका थिए ।

अकाउन्ट खोलिएको दुई दिनमै उनका १५ हजारभन्दा धेरै फलोअर्स भएका छन् । इन्स्टाग्रामको नियमअनुसार १३ वर्ष नपुग्दासम्म कसैले पनि यो माध्यम चलाउन पाउँदैन । र,यदि चलाउनै परेमा परिवार वा आमाबुबाले जिम्मा लिनपर्ने हुन्छ । यही प्रक्रियाअनुसार उनीहरुले आफ्नी छोरीको इन्स्टाग्राम सञ्चालन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *