‘म राजा हुन आएको’ भन्दै एक युवकले नारायणहिटी संग्रहालयबाट श्रीपेच निकाल्न खोजेपछि…..

रोचक

काठमाडौं- एक युवकले नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोजेका छन्।

शुक्रबार बिहान अवलोकनका लागि पुगेका पश्चिम रुकुम मसिकोट- ११ का २५ वर्षीय खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्न खोजेपछि नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएको छ।

सिसा फुटाउँदा उनको हातसमेत काटिएको छ। उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ। ‘म राजा हुन आएको’ भन्दै ती युवकले श्रीपेच निकाल्न खोजेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख रामेश्वर पौडेलले बताए।

पौडेलले पक्राउ परेका घर्तीको मानसिक स्वास्थ्य अवस्थाबारे पनि बुझ्ने काम भइरहेको बताए।

उस्तै समाचार
काठमाण्डाै – गैँडाको खाग (आखेटोपहार) सहित प्रहरीले काठमाण्डौको गौशालाबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले वन्यजन्तुको आखेटोपहारको ओसारपसार तथा बेचबिखनमा संलग्न रहेको आरोपमा ३० वर्षीय निकेश बस्नेतलाई गौशाला तिलगङ्गाबाट पक्राउ गरेको हो ।

उनको साथबाट गैँडाको खाग बरामद गरिएको प्रहरी उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी श्यामकुमार महतोले जानकारी दिनुभयो । बस्नेलाई पक्राउ गरी कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डौमा बुझाइएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *