भाइलाई पास गराउने पूर्वसहसचिव रिमाल शिक्षक सेवा आयोगमा नियुक्त

राजनीति समाचार

काठमाडौं । शिक्षा सेवाका अवकाश प्राप्त सहसचिव डा. डिल्लीराम रिमाल शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त भएका छन् ।परीक्षामा अनियमितता गरेको पुष्टि भएका रिमाललाई सरकारले शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त गरेको हो।
गत पुसमा आयोगको सदस्यका लागि उनलाई केपी शर्मा ओली नेतृत्व सरकारले सिफारिस गरेको थियो । उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार नियुक्ति दिएको छ ।रिमालले बुधबार आयोगमा पदभारसमेत ग्रहण गरिसकेका छन् । उनलाई अख्तियारले समेत परीक्षामा अनियमितता गरेको भनेर दोषी ठहर गरेको थियो ।
उनले भाइलाई शिक्षक सेवा आयोगको परीक्षा पास गराउन आफैं प्रश्नपत्र निर्माण गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने र स्थायी नियुक्तिका लागि अन्तर्वार्तामा सिफारिस गरेका थिए ।शिक्षक सेवा आयोगको कार्यविधि २०५९ मा अनुसूची ७ अनुसार प्रश्नपत्र निर्माणकर्ताको आफ्नो नाता पर्ने कुनै व्यक्ति परीक्षामा सम्मिलित हुने सम्भावना भएमा सोको विवरणसमेत खोली पठाउनुपर्ने व्यवस्था छ ।

तर रिमालले अनुसूचीविपरीत कार्य गरे ।रिमालले अनुसूचीविपरीत कार्य गरेको भन्दै ५ वर्षसम्म परीक्षासँग सम्बन्धित प्रश्न पत्र निर्माण, मोडरेटरको भूमिका एवं उत्तर पुस्तिका परीक्षणलगायतका कार्यहरूमा उनलाई संलग्न नगराउन शिक्षक सेवालाई निर्देशन दिएको थियो ।तर त्यस्तो केही भएन ।अख्तियारले शिक्षक सेवाको विज्ञापन नम्बर १/०६१–६२ माध्यमिक तृतीय श्रेणीको शिक्षक पदको लेखा विषयको प्रश्नपत्र निर्माण, मोडरेसन र उत्तरपुस्तिका परीक्षणमा विशेषज्ञको रुपमा रिमालको संलग्नता रहेको पुष्टि गरेको थियो ।उक्त परीक्षामा उनका भाइ प्रतिस्पर्धी रहेका थिए ।

भाइले परीक्षा पास गरेर अन्तर्वार्ताका लागि समेत सिफारिसमा परे ।रिमालले आयोगको परीक्षाको गोपनीयता र निष्पक्षता जस्ता परीक्षाका स्थापित एवं सर्वस्वीकृत मूल्य र मान्यताहरुको उल्लंघन गरिएको अख्तियारले जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *