श्रीमानको हत्या गर्न प्रेमीलाई सुपारी

समाचार

काठमाडौं, असोज ५ । श्रीमानको हत्याको योजना पूरा गर्न प्रेमीलाई सुपारी दिएको खुलासा भएको छ । सिरहाको गोललबजार नगरपालिका– ४ निपनियाकि ३८ वर्षीया हरिहरदेवी महरालले आफ्नै श्रीमानको हत्या गर्न प्रेमीलाई सुपारी दिएकी हुन् ।उपचार गराउन भन्दै भारतको बिहार पु¥याएर ती महिला र उनका प्रेमी मिलेर निपनियाका ३९ वर्षीय दुखरन मोचीको हत्या गरेका छन् ।

भदौ १८ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको शव राज्य जयनगरस्थित वरही गाउँको नहरमा फेला परेको थियो। मोचीको हत्या उनकै श्रीमती हरिहरदेवीको योजनामा भएको प्रहरीले अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्नमध्येका हरिहरदेवीको प्रेमी २६ वर्षीय मुकेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी भारतको जयनगर थानामा न्यायीक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।पक्राउ परेका आरोपित यादव भारतको जिल्ला मधुबनी देउधा गाउँका हुन्। हरिहरलेवीले यादवलाई श्रीमानको हत्या गराउन ६० हजार रुपैयाँ सुपारी दिएको समेत अनुसन्धानबाट खुलासा भएको छ ।
मृतक मोची लामो समय वैदेशिक रोजगारमा बसेर फर्किएका थिए। मुकेश र हरिहरदेवीबीच दुई वर्षअघि देखि सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *