एमसीसीविरुद्ध भ्रम फिँजाएको भन्दै प्रहरीमा पर्यो उजुरी,कारबाही हुन सक्ने

समाचार

काठमाडौं । एमसीसीका विरुद्धमा गलत र भ्रामक सामग्री सामाजिक सञ्जालमा व्याप्त भएपछि प्रहरीमा उजुरी परेको छ ।

सामाजिक सञ्जालमा एसीए नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको नक्कली हस्ताक्षर प्रयोग गरेर केही अखबार तथा टीभीलाई परिचालित गरिएको र नेपाल सरकार, एमसीए नेपाल र एमसीसीको छापको पनि दुरुपयोग गरिएको भन्दै उजुरी गरिएको हो ।

उक्त किर्ते पत्रका आधारमा केही व्यक्ति, संस्थाको प्रतिष्ठा र शाखमा आक्रमण भएकाले किर्ते कहाँबाट भएको हो र कसले गरेको हो साथै सेयर ककसले गरेका छन् उनीहरुलाई कारबाहीको माग गर्दै एमसीए नेपालका कार्यकारी प्रमुख खड्गबहादुर विष्ट, पत्रकार कनकमणि दीक्षित र विश्लेषक अरुणकुमार सुवेदीले उजुरी गरेका हुन् ।

उजुरीका सम्बन्धमा छानबिन भइरहेको र फेसबुक तथा ट्विटरसँग केही विषयमा जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।साइबर ब्यूरोका डीएसपी प्रदीप ताम्राकारले अनुसन्धान थालिएको बताएका छन् । उनले प्रारम्भिक अनुसन्धानकै क्रममा रहेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *