विरोध खतिवडाको उद्घोष : अबको चुनावमा केपी ओलीको पार्टीभन्दा हाम्रो पार्टी ठूलो भएन भने म राजनीतिमा सन्यास लिन्छु (भिडिओसहित)

रोचक समाचार

काठमाडौं, २ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रभावशाली नेता विरोध खतिवडाले आउने चुनावमा केपी शर्मा ओलीको भन्दा आफ्नो पार्टी ठूलो हुने दाबी गरेका छन् । उनले भने,‘हेर्नुहोला, आउने चुनावमा केपीको पार्टीभन्दा हाम्रो पार्टी ठूलो हुन्छ, ठूलो भएन भने विरोध खतिवडाजी तपाईँले त मेरो कार्यक्रममा राजनीतिबाट सन्यास लिन्छु भन्नुभएको थियो भनेर सोध्नुहोला ।

’हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ओलीले झापामा चुनाव हार्ने डरले राप्रपासँग गठबन्धन गरेको पनि आरोप लगाए । उनले भने,‘जो मान्छेले झापाको एउटा सिट छोडेर राप्रपाको १५ हजार मत थपेर चुनाव जितेर आयो, त्यो मान्छेले आज यत्रो फुर्ती ?

न माधव नेपालले राप्रपासँग एकता गरे, न विरोध खतिवडाले गर्यो ? न रामकुमारी झाँक्रीले गर्नुभयो ? २०६४ सालमा केपी ओली, झापाको दमकमा पाखामा भ्यागुतो पछारिएर उत्तानो टाङ लागेको मान्छे, सबभन्दा लोकप्रिय र राष्ट्रवादी नेता उत्तानो टाङ, तर मैले त २०४८ सालदेखि लगातार चुनाव जितिरहेको छु । अबको चुनावमा पनि मलाई फलामको चिउरा हुँदैन् ।’

केपी ओलीको भाषणमा माधव नेपाल र प्रचण्डलाई ९० प्रतिशत गाली र १० प्रतिशत त टुक्कामात्रै हान्ने काम गरेको उनको भनाई छ । उनले भने,‘केपी ओलीभन्दा माधव नेपाल सिनियर नेता हो, नेपाली राजनीतिमा माधव नेपालको हैसियत सम्मानजनक रहन्छ । उहाँले वामपन्थी आन्दोलनको नेतृत्व गर्नुहुन्छ । केपी ओली नेतृत्वमा पुगेपछि वामपन्थी आन्दोलन तहसनहस भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *