छिमेकीले जंगली बँदेल धपाउन थापेको विद्युतीय पासोमा परि एकै परिवारका ३ जनाको मृत्यु

रोचक समाचार

बर्दिया- जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परि बर्दियाको ठाकुरबाबा नगरपालिका-३ गोदाना गाउँमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।विद्युतीय पासोमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ।

छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरुलाई करेन्ट लागेको थियो।पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। उनी मृतक थारुका छिमेकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ।

धानबालीमा जंगली हात्ती, बँदेललगायतका वन्यजन्तुले क्षति पुर्‍याउन थालेकाले करेन्ट प्रवाह गर्दा करेन्ट लागेर यसअघि दुई वटा जंगली हात्ती र एक जना युवाको ज्यान गएको थियो।

उस्तै समाचार
मुस्ताङका किसानलाई स्याउ टिप्ने चटारो
म्याग्दी : हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्याउ टिप्ने सिजन सुरू भएको छ। मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैलेलगायत ठाउँका बगैंचामा स्याउ टिप्न सुरू भएको हो।

पाँचवटा गाउँपालिका रहेको मुस्ताङको विभिन्न ठाउँमा लगाइएको स्याउ पाकेपछि किसानहरूले स्याउ टिप्ने र बजार पठाउने तयारी सुरु गरेका हुन्। मुस्ताङमा असोज लागेदेखि स्याउ टिप्न सुरू गरिएको कृषकहरूले बताएका छन्।

विगतका वर्षहरूमा तीजअघि नै स्याउ टिप्ने गरिएकोमा गुणस्तर कम भएको गुनासो आएपछि यस वर्ष बोटमा नै राम्रासँग पाकेपछि मात्र टिप्न सुरू गरेको मार्फाका स्याउ किसान दीपक लालचनले बताए।

अहिले स्याउ खरिद गर्न स्थानीय व्यापारीसहित बाहिरी जिल्लाका व्यापारीहरू स्याउ बगैँचामा पुगेका छन्। स्याउ खरिद गर्न म्याग्दी‚ पोखरा, चिवतन‚ धादिङ, काठमाडौंलगायतका ठाउँबाट व्यापारीहरू पुगेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुस्ताङका कृषि अधिकृत शिवा अर्यालले बताए। उनका अनुसार अहिले स्याउ खरिद गर्न पुगेका व्यापारी र कामदारले स्याउको बगैँचा कुरेर बसिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *